आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, January 28, 2014

सुपारी बादीको सहयोग याचना

शेरप्रसाद ढकाल
खोलागाउँ
मुटुको रोगले ग्रसित विजयश्वरी ६ स्यालखोलाकी सुपारी वादीले सहयोगको याचना गरेकी छिन । २ वर्षदेखि मुटुको रोगले पीडित वनेकी ३० बर्षिया वादीले सहयोगको याचना गरेकी हुन । स्थानीय स्तरमा उपचार संभव नभएपछि आर्थिक अवस्था कमजोर हुदा ओछ्यानमै थला परेकी छिन । 

उनका श्रीमानले नदीमा माछा मारेर  ५ जनाको परिवारलाई साँझ विहानको छाकटार्दै आएको बताईएको छ । छाकटार्न नै समस्या भईरहेको अवस्थामा पैसा जुटाएर उपचार गर्न नसकेपछि आफ्नो स्वास्थ्य अवस्था जोखिममा परेको उनले बताईन ।  

युवा अवस्थामै रोगका कारण थलापरेपछि वालवच्चाको हेरचाह तथा जीविकोपार्जन गर्न कठिन अवस्था सिर्जना भएकोले आफुलाई सहयो गर्न उनले सबैमा अनुरोध गरेकी छिन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |