मेगराज खड्का
रुकुम १२ माघ
जिल्ला अस्पताल सल्ले रुकुममा उपचारका लागी ल्याईएका ४ बालकको मृत्यु भएको छ । तीन दिनको अवधीमा अस्पतालमा उपचाररत ४ जना बालकको मृत्यु भएको हो । झाडापखाला र निमोनियाको कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएपनि एकिन कारण खुल्न नसकेको जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डाक्टर भोजराज गौतमले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा खलंगा–२ का ११ महिने बालक हेमराज खड्का, खारा–४ का ४ महिनाका आशिष खड्का, खलंगा–६ का ११ महिने बालक विक्रम केसी र जाङ–१ का १ बर्षिय विनोद रोका रहेका छन । डाक्टर गौतमका अनुसार शुक्रबार देखि उपचार सुरु गरेको २ घन्टा वित्न नपाउँदै एक पछि अर्को बालकहरुको मृत्यु भएपछि अस्पताल पनि चिन्तीत भएको छ । एक्कासी बालकको मृत्यु भएपछि उनीहरुको दिसा जिल्ला अस्पतालको प्रयोगशालामा परिक्षण गदा केही नदेखिएकाले केन्द्रमा पठाउने तयारी भैरहेको प्रमुख डाक्टर गौतमले जानकारी दिए । ‘एक्कासी आएको समस्याको बारेमा हामीले केन्द्रमा अवगत गराई सकेका छौं’ डाक्टर गौतमले भने, ‘माथीबाट मृत्युको कारण एकिन भएपछि हामी अरु थप बालबालिकाहरको मृत्यु हुन नदिन चनाखो हुनेछौ ।’
झाडापखाला लागेको लामो समय पछि मात्रै विरामी अस्पतालमा ल्याउने गरेका कारण पनि बालबालिकाहरुको मृत्यु हुने गरेको अस्पतालका अर्का डाक्टर सुर्य लामाले जानकारी दिए । झाडापखाला र निमोनियाले च्यापेका एक दर्जन बढी बालबालीकाहरु पनि अस्पतालमा उपचाररत रहेको बताईएको छ । साता अघि देखि यस्ता प्रकारका बालबालिकाहरु अस्पतालमा आईरहेको भएपनि अन्य उमेर समुहका भने कुनै पनि यस्ता बिरामीहरु छैनन् ।
अस्पतालमै उपचाररत रहेका बालबालिकाहरुको क्रमस ज्यान जान थालेपछि उपचारका लागी ल्याएका अन्य आफन्तहरु चिन्तीत तथा क्रसित भएका छन । अस्पतालमै ४ बालबालिकाको दिनदिनै मृत्यु हुन थालेपछि केहि अभिभाबकहरुले आफ्ना बिरामी बालकालिकाहरुलाई सन्चो भएको बताउदै घर तिर समेत लिएको बताईएको छ ।
0 comments:
Post a Comment