आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, January 20, 2014

‘अब ल्याप्चेले काम चल्ने छैन’

मेगराज खड्का
रुकुम

तपाईले म लेख्न जान्दैन वा हाम्रा आफन्तहरुले लेख्न जान्दैनन् भनेर हस्ताक्षर गरेर लिनुपर्ने सेवा सुबिधा ल्याप्चे लगाएर लिईरहनु भएको होला । के तपाई अझै पनि यसैगरी सुबिधा लिईरहन्छु भन्नेमा ढुक्क हुनुहुन्छ  ? यदि यस्तो हुनुहुन्छ भने ढुक्क हैन तपाई  र तपाईका आफन्तलाई पनि चनाखो बनाउनुपर्ने बेला आएको छ । अब जहिलै पढे लेखेको छैन भनेर ल्याप्चे लगाई सुबिधा लिने पाईने छैन, सेवासुबिधा लिन हस्ताक्षर अनिबार्य गर्नुपर्ने छ ।

करिब ६ बर्ष अघिदेखि पहिले पौढ शिक्षा त पछिल्लो बर्षहरुमा    सारक्षरता अभियानका नामका गरिएका प्रयास मार्फत सरकारले सन २०१५ सम्म सबै निरक्षरलाई साक्षर बनाई यो कार्यलाई शुरुवात गर्न थालेको छ । साक्षर बनाउने लक्ष पुरा भएपछि रुकुम लगायत देशैभर यसरीनै प्रकृयाहरु अगाडि बढ्नेछन । रुकुमका पनि सबै निरक्षरहरुलाई साक्षर बनाउने उदेश्यले जिल्लामा अहिले      साक्षरता अभियान गाउँगाउँमा संचालन भैरहेको छ । त्यसकारण सरकारले लिने आगामी नितिमा पनि योग्य बन्न निरक्षरले अनिबार्य रुपमा आफ्नो नाम सम्म लेख्न सक्ने हुन साक्षरता कक्षामा  अनिबार्य सहभागी हुनुपर्छ भने, साक्षर ब्यक्तिहरुले पनि आफ्ना आफन्तहरु यो अबसरवाट नछुटुन र प्रभाबकारी कक्षा संचालन होस भनेर निगरानी गर्नुपर्ने आबश्यकता खट्कीएको छ । रुकुमका जिल्ला शिक्षा अधिकारी हरिहर धितालका अनुसार यो कार्यक्रम जिल्लामा पनि गतबर्ष ८ गाबिसमा र यो बर्ष ३५ गाबिसमा साक्षरता कक्षा संचालन भैरहेको छ ।
‘सामुदायिक अध्ययन केन्द्र रहेको रहेको ठाउँमा केन्द्रले र नभएको ठाउँमा बिद्यालयले साक्षरता कक्षा संचालन गरिएको छ’ जिशिअ धिताले भने, ‘निरक्षरलाई साक्षर बनाउने सरकारले लिएको लक्ष पुरा गर्न र साक्षर बन्ने अबसरवाट युवा देखि बृद्धबृद्धा कोहि पनि छुट्नु हुदैन’ शिक्षा कार्यालयका अनुसार ६ सय बढी सहयोगी कार्यकर्ता मार्फत संचालन भैरहेको  साक्षरता अभियानमा २५ हजार बढी निरक्षर ब्यक्तिहरु सहभागी गराउने लक्ष राखिएको छ ।  निरक्षरलाई साक्षर बनाउने कार्यक्रम महत्वपुर्ण कार्यक्रम भएपनि किन प्रभाबकारी र सबैबाट आलोचित हुदै आएको छ भन्ने आहा सञ्चारको प्रश्नमा जिशिअ धितालले बिगतका बर्षहरुमा लक्ष पुरा हुनेमा कहिकतै कमजोरी भएको स्वीकार्दै बिगतले पाठ सिकाएकोले अब त्यस्तो नहुने दाबी गरे ।

‘साक्षरता अभियान एउटा महत्वपुर्ण कार्यक्रम भएको भएपनि सार्बजनिक चासो बन्न नसक्दा लक्ष पुरा गराउन शिक्षा कार्यालय एक्लैले पनि केहि गर्न सक्दैन’ उनले भने, ‘यो लक्ष पुरा गर्न हाम्रा बिगतका कमजोरीहरुलाई सुधार्दै  राजनैतिक तथा सामाजिक प्रतिबद्धता आएमा लक्ष टाढा छैन ।’ उनले सरकारले लिएको लक्ष पुरा गर्न र गराउन निरक्षर ब्यक्तिहरु साक्षरता कक्षामा सहभागी हुन र साक्षर रहेका ब्यक्तिहरुबाट सुझाब सल्लाह तथा गाउँगाउँका कक्षाको  निगरानी गर्न पनि अनुरोध गरेका छन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |