जाजरकोट
जाजरकोट थर्पु माध्यामिक विद्यालय ढिमेका प्रध्यानाध्यापकले प्रअ भत्ता विद्यार्थी अतिरिक्त क्रियाकलापमा खर्च गरेका छन । विद्यार्थीहरुको चौतर्फि क्षमता अभिवृद्धिका लागि प्रअले यसो गरेका हुन ।
गत असोज ११ गते देखि प्रअको जिम्मेवारी सम्माहालेका सुनानन्द चौधरीले दोश्रो चौमासिक प्रअ भत्ता सवै विद्यालय स्तरिय अन्तर सदनात्मक प्रतियोगिताको पुरस्कार वितरणमा खर्च गरेका छन् । विद्यालयमा विद्यार्थीहरुलाई पाठ्यक्रम केन्द्रित ज्ञानका अलावा अन्य रचनात्मक सिप, क्षमता विकासका लागि प्रअ चौधरीले विद्यार्थीहरुलाई प्रअ भत्तावाटै पुरस्कृत गर्न थालेका हुन ।
छात्र १ सय ७० जना र छात्रा १ सय ६५ जना संख्या रहेको वताउने प्रअ सुनानन्दले मासिक ५ सय रुपैया प्रअ भत्ता खाएर आफुलाई केहि पनि नहुने सधै भरि आफुले प्रअ भत्ता विद्यार्थी अतिरिक्त क्रियाकलापमा खर्च गर्ने बताए ।
बसवलपूर १ सप्तरी घर भएका भए पनि यस्तो प्रअ विद्यालयले पाउनु सौभाग्यपूर्ण भएको विद्यालय ब्यबस्थापन समितिका सदस्य नर बहादुर मल्लले वताए ।
0 comments:
Post a Comment