आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, January 14, 2014

अशोकको निर्देशनमा ‘पोजेटिभ स्टेभ’

आहा सञ्चार
काठमाडौं

विगत डेढ दशकदेखि सञ्चार क्षेत्रमा क्रियासिल अशोकप्यासी राईले वृत्तचित्र निर्देशन गरेका छन् । उनको लेखन तथा निर्देशन रहेको वृत्तचित्र पोजेटिभ स्टेप छायांकनको अन्तिम चरणमा पुगेको छ । लामो समयदेखी चलचित्र पत्रकारितामा संलग्न उनीको यो डेब्यु निर्देशन हो ।

सेवा नै धर्म हो भन्ने तथ्यलाई आत्मासात् गर्दै मिस मंगोल नेपाल २०१३ का विजेताले ताप्लेजुुङ जिल्ला मेहेले गाविस वार्ड नं ९ मा अवस्थित किरात राई स्कुलको भवन निर्माण सहयोगार्थ सञ्चालन गरेको वृहत अभियानमा आधारित यो वृत्तचित्र काठमाडौं र ताप्लेजङुमा छायांकन गरिएको छ ।

वृत्तचित्रका बारेमा निर्देशक अशोकप्यासी राई भन्छन, मिस मंगोलका विजेता मुस्कान लिम्बुु, फस्ट रनरअप वाणी राई र सेकेन्ड रनरअप सोनु श्रेष्ठले सामाजिक कार्यका लागी महान अभियानको थालनी गरेका छन् । यसले समाजका लागी ठोस सहयोग र सामाजिक उत्तरदायित्व वहन गर्न सबैलाई प्रेरित गर्ने भएकाले वत्तचित्रमा उतारिन लागेको हो ।

राईका अनुसार विजेताले विद्यालय भवन निर्माण गरिदिन गरेको यस अभियानबाट स्थानीयवासी उत्साहित छन् । आर्थिक अभावका कारण भवन नहुँदा चित्राको छानामुनि कक्षा सञ्चालन गर्न बाध्य यस विद्यालयले केही वर्षदेखी भवन बनाउने योजना बनाए पनि रकमको अभावमा सम्भव हुन सकेको थिएन ।

दशैंअघि राजधानीमा वृहत सांगीतिक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरिएको थियो । यो अभियान भवन निर्माण पुरा नभएसम्म जारी रहने मिस मंगोल नेपाल २०१३ मुस्कान लिम्बुले बताइन् । अहिले तीन कोठे भवन निर्माण कार्य भइरहेको छ भने माघ अन्तिमसम्ममा पुरा हुने लक्ष्य राखिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |