आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, January 13, 2014

गाउँ परिषदहरु धमाधम सम्पन्न हुदैं

आहा सञ्चार
कोटजहारी

रुकुमको कोटजहारी गाविसको गणतन्त्र स्थापना पछिको सातौं गाउँ परिषद् सम्पन्न भएको छ । गाउँ परिषद्ले आर्थिक वर्ष २०७१/०७२ का योजना तर्जुमा गोष्ठीले छनौट गरेका योजनाहरुलाई अनुमोदन   गरेको छ ।

गाविस सचिव खलवहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषद्ले प्रशासनिक संचालनतर्फ ४ लाख २० हजार र पुंजिगत तर्फको २६ लाख ३० हजार रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरेको छ । जसमध्ये जिविस कन्सलटेन्सी १९ हजार ७ सय २५, प्राविधिक कन्सलटेन्सी १ लाख ४ हजार ४ सय ११ रकम छुट्याइएको छ ।

उच्च मावि कोटजहारीको प्राङ्गनमा सम्पन्न भएको गाउँ परिषद्ले सडक, खानपानी, महिला, वालवालिका, लक्षित वर्ग शसक्तिकरण लगायतका कार्यक्रममा रकम लगानी गर्ने निर्णय गरेको छ । यसैगरी आठविसडाँडागाउँ,स्यालापाखा र मग्मा लगायतका अन्य आधा दर्जन बढी गाबिसहरुको पनि गाउँ परिषदहरु सम्पन्न भएको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |