
रुकुमको बिजुली अबरुद्ध भएको खबर अनौठो र नयाँ होईन । समय समयमा अबरुद्ध भयो वा सुचारु भयो भन्ने खबर संचारमाध्यमहरुमा आईरहन्छ । बर्षा लागे वा हिउँद रुकुममा बिजुलीको हालत उस्तै हो । कुनै समय लोडसेडिङ भएपनि कुनै बेला लोडसेडिङबाट मुक्ति पाउने चाहाना कहिलै पुरा हुदैन । बरु उल्टै लामो समयसम्म लोडसेडिङ हुन्छ । अहिले पनि रुकुममा २० घण्टा लोडसेडिङ भैरहेको छ । लामो लोडसेडिङका कारण रुकुम अहिले अन्धकार जस्तै छ । रुकुमको टेलिफान देखि सञ्चारमाध्यमहरु समेत निकै प्रभाबित बनेका छन । हरेक बर्ष बिभिन्न बाहाना झिकिने स्थानीय उपभोक्ताद्धारा सञ्चालित रुकुमको बिद्युत सेवा झन्डै डेड महिना दिनदेखि अबस्था यस्तै छ । बाँफीकोट गाबिस स्थित भाग्लेमा रहेको बिद्युत उत्पादन गृहमा रहेको मेसिन बिग्रिएको भन्दै रुकुमेली बिद्युत उर्जा बिकास उपभोक्ता समितिले दैनिक २० घण्टा बढी लोडसेडिङ गरिरहेको छ । जिल्लाको बिद्युतमा निकै लाप्रबाहि भएको भन्दै बेलाबेला हुने यस्तो कार्यहरु उपभोक्ताहरुलाई ठग्ने बाहाना भएको समेत उनीहरुले आरोप लगाउने गरेका छन । बिद्युत उत्पादन गृहमा भएको मेशिनमा समयसमयमा एक्कासी खरावी आएको भनेर समितिले जानकारी गराए पनि आम उपभोक्ता यसमा बिश्वस्त हुन सकिरहेका छैनन् । तर रुकुमेली बिद्युत उपभोक्ता समितिले भने मेसिनमा समस्या भएको बताउने गरेको छ । हरेक बर्षमा एक देखि दुई पटक सम्म १५ दिन देखि एक १ महिना सम्म विद्युत सेवा ठप्प भएकै हुन्छ । मेशिनमै खरावी आएको भए मेशिन मर्मतको क्रममा किन दिगो काम गर्न लगाईन्न यसमा सवैको चासो जानुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ । लामो लोडसेडिङ भएपछि बिद्युत सेवा उपभोग गरिरहेका सेवाग्राहि मर्कामा परेका छन । बिद्युतबाट संचालित बिभिन्न कल कारखाना तथा पसलहरु बन्द रहेका छन । जिल्ला स्थित नियमित रुपमा प्रकासन÷प्रशारण भैरहेका आधा दर्जनबढी पत्रपत्रिकाहरु र स्थानिय एफ एम स्टेशनहरु प्रभाबित भएका छन । यसको मारमा हामी आहा सञ्चार साप्ताहिक पनि परेका छौ । त्यसकारण जिल्लाको एकमात्र बिकल्पको रुपमा रहेको बिद्युत सेवालाई प्रभाबकारी ढंगले संचालन गर्न समितिले ध्यान दिनुपर्छ त्यस्तै स्थानिय प्रशासन तथा सरोकार राख्ने निकायहरुले पनि पटक पटक हुने गरेको यस्तो समस्यामा चासो तथा निगरानी दिनु जरुरी छ ।
0 comments:
Post a Comment