काठमाडौं,६ पुस - सरकारले पहिलो चरणको अभियानअन्तर्गत आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोलियो थोपा खुवाईर्दैछ । पहिलो चरणको कार्यक्रमअन्तर्गत ६८ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पोलियो रोग लाग्नबाट बचाउन जन्मेदेखि पाँच वर्र्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने सरकारको लक्ष्य छ ।गाविस र नगरपालिकाका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर पोलियो थोपा खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ । पहिलो दिन पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई दोस्रो दिन अनिवार्य रुपमा पोलियो थोपा खुवाउनुपर्ने व्यवस्था मिलाइएको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. सेनेन्द्र राज उप्रेतीले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रम आगामी माघ ११ र १२ गते सन्चालन हुनेछ । यसैगरी हिमाली ७ जिल्लामा भने चैत ८ र ९ गते पोलियो थोपा ख्वाइने भएको छ । नेपाल पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा रहेको छ । दक्षिण पूर्वी एसियाली देशहरूमध्ये नेपाल पनि पोलियो शुन्य देशका रूपमा ऐतिहासिक सफलता प्राप्त गर्न लागेको हो । नेपालमा पोलिया रोगीहरू देखा नपरेको तीन वर्ष बितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेमा विश्व स्वास्थ्य सङ्गठनले पोलियो शुन्य देशका रूपमा प्रमाणित गर्ने गर्दछ । संगठनले नेपालसहित दक्षिण पूर्वी एसियाली देशहरूलाई सन् २०१४ को फेब्रुअरीमा यो घोषणा गर्न लागेको हो । www.karobardaily.com


10:13:00 PM
www.aahasanchar.com





0 comments:
Post a Comment