आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 17, 2013

सहमतिय प्रणालीमा गएन भने पार्टीहरु फुट्नेछन्

janardhan_sharma
जनार्दन शर्मा ‘प्रभाकर’
दोश्रो संविधान सभाको निर्वाचन परिणाम आए यता सवैको ध्यान केवल परिणाममा मात्र गएको छ । परिणामबारे विभिन्न क्रिया–प्रतिकृयाहरु व्यक्त भैरहेका छन् । यो परिणाम आउनमा कस्को के कति भूमिका रह्यो र कुन नियत साथ ल्याइयो यसको लेखाजोखा हुँदै जाला । जित्नेहरुले जितको मातमा हार्नेहरुले हारको निराशामा नभएर निर्वाचन प्रकृयावारे उठेका प्रश्नहरुको जवाफ त चाहिन्छ, नै यो एउटा पाटो हो । यसका साथसाथै सवैले ध्यान पु¥याउनुपर्ने अर्को  पाटो छ, म त्यतातिर सवैले गम्भीरता पूर्वक विचार गरी निश्कर्ष निकाल्न आग्रह गर्न चाहन्छु । अर्को पाटोको मुख्य पक्ष हाम्रो राष्ट्र हो, हाम्रो स्वाधिनता हो, हाम्रो आत्मसम्मान हो र हाम्रो जनचाहना, जनभावना र तिनको भविष्य हो । यसरी भन्दा केही विगत, केही वर्तमान र केही भविस्य हो । विगत धेरैलाई थाहा छ, २००७ सालमा हुने भनेको संविधानसभा न २०३६ को आन्दोलनले गराउन सफल भयो न २०४६ सालको आन्दोलनले अन्ततः जनयुद्ध नगरी सुख्खै भएन् । १० वर्षे जनयुद्ध र शान्तिप्रकृया पश्चात संविधानसभाको निर्वाचन भयो तर, आफ्नो कार्यभार पुरा नगरी विघटन भयो । अधुरो सपना वोकेर नेपाली जनता कति दिन हिँड्ने, विघटित संविधानसभाको क्षतिपूर्तीका लागि दोश्रो संविधानसभाको निर्वाचन भयो र यहाँसम्म आइपुग्न जनताले गरेको त्याग र वलिदान बिर्सने हो भने जस्तोसुकै निर्वाचन भए पनि केही अर्थ छैन् । जनताको वलिदान सहित अन्य विषयहरु पनि भुल्न नमिल्ने कुराहरु हुन् । पहिलो १२ बुँदे सहमती सरकारमा बसेर दमनको नेतृत्व गर्ने र विद्रोही भएर त्यसको प्रतिरोध गर्ने विपरीत ध्रुवमा रहेकाहरु लाई एक ठाउँमा ल्याएर आन्दोलनकै सहयात्री बनाउन सफल यो सहमतीलाई भूल्ने हो भने राजनैतिक प्रकृया अन्धकारतिर बढ्ने छ । त्यसैगरी दोस्रो र महत्वपूर्ण कुरा हो शान्तिप्रकृया जस्ले उत्पीडित वर्ग, जाति, लिङ्ग, समुदाय र क्षेत्रको आवाजलाई सम्बोधन गर्दै राज्यको पूनर्र्संरचना गर्ने संकल्प सहित सम्पन्न भएको बृहत शान्ति सम्झौताले द्वन्द्वलाई शान्तिमा रुपान्तरण मात्र गरेको छैन सवैलाई समान अधिकार र राज्यासत्तामाथि सवैको स्वामित्व स्थापित गरी समानता र मेलमिलापका लागि एकले अर्कोको सम्मान गर्ने मूल मर्म बोकेको छ । यसलाई बेवास्ता गर्ने र जनताका आवाज र नाराहरुलाई नजर अन्दाज गर्ने हो भने हाम्रो राष्ट्रको दुर्भाग्य फेरी यहिँबाट सुरु हुने छ । शान्ति प्रकृयाको निश्कर्ष हो नयाँ संविधान, नयाँ संविधानमा सबै उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायको तस्विर स्पष्ट भएन भने शान्ति प्रकृया नै अधुरो भएर नेपाली समाज कहिल्यै मेल नहुने विभाजन हुने र समाजको विघटन हुने खतरा छ । हामीले केही समय पहिले गरेका प्रतिबद्धताहरुबाट कोही पनि विचलित नहोउँ । वर्तमानको केही विषयहरुबारे थप चर्चा गर्नु पर्दा अहिलेको निर्वाचन परिणाम हो । त्यसले यथास्थितीवादी सोच र प्रवृत्तीलाई मात्र हैन पुनर्उत्थानवादीहरुलाई समेत हौस्याएको छ । पहिचानले हा¥यो भन्दै कुर्लनु, २०४७ सालको संविधानमा गणतन्त्र थप्दा मात्र पूर्णता हुन्छ भन्ने अभिव्यक्ति र व्यवहार वर्तमानमा जसरी देखिएका छन्, उक्त प्रवृत्तिले विगत विर्सेको छ र वर्तमानलाई मात्र सवैथोक सम्झेको छ । नेपाली जनताको समग्र चाहना र परिवर्तनप्रतिको जनताको दृढतालाई नजर अन्दाज गरी रहेको छ । राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध छैन, यो प्रवृत्ति परिवर्तनको वाधक भएर खडा भएको छ । वर्तमानको अर्को  पाटो हो सहमती र सहकार्यको बाटो जनचाहना अनुरुप नयाँ संविधान निर्माण गर्ने, तर यतातिर ध्यान केन्द्रित गर्नुको साटो सरकारमा पुग्नका लागि ग्रन्थिहरु रसाएका छन् । सहमतिय प्रणाली मार्फत अगाडि बढ्नु पर्ने आवाज एकातिर छ भने अर्कोतिर बहुमतिय प्रणालीको बलमा एकलौटी निर्णयलाई समाधान ठानिएको छ । सभासद छान्नेहरुभित्र चर्को संघर्ष चलिरहेको छ । सरकारको नेतृत्वका लागि ६ प्रतिस्पर्धीहरु मैदानमा छन् । ६ जनालाई जुधाउने र आफ्नो अनुकुलतामा निर्णय गराउने शक्ति केन्द्रहरु आ–आफ्नो ठाउँबाट तल्लीन भएका छन् । फेरी अन्योलता र अस्थिरता बढ्दै जाने खतरा बढेको छ । सहमतिय प्रणालीमा गएन भने हानथापका वीचमा सरकार त बन्ला, संविधानसभाले पूर्णता नपाउने सम्भावना र बनेको सरकार ढाल्न १०० दिन नपुग्दै सुरुवात हुनेछ र केही महिनामै सरकार फेर्ने संघर्षले प्राथमिकता पाउने छ । पार्टीहरुवीचमा सत्ता संघर्षकै क्रममा ध्रुविकरण हुने छ र पार्टीहरु फुट्नेछन् । एकले अर्कोलाई आरोप र प्रत्यारोपमा समय वित्ने छ, जस्को परिणाम न संविधान वन्ने छ न त स्थिरता नै कायम रहने छ । यसैलाई उपलब्धि ठान्नेहरुले राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले जनताका परिवर्तन, शान्ति र संविधानका एजेण्डाहरुलाई एकातिर पन्छाएर अर्कै चालवाजी पुरा गर्नेछन् । यो भविष्यको खराब स्थितिको आँकलन आजै गरेर राजनैतीक दलहरु सहमतिय प्रणालीबाट जानु नै देश र जनताको पक्षमा हुनेछ । - See more at: http://www.ratopati.com/2013/12/17/98711.html#sthash.GyI4YCwT.dpuf

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |