स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले चैत्र मा स्थानीय निकायको चुनाव गराउन उत्तम हुने बताएका छन् । तनहुँको क्यामिन गाविस–३, दुलेपानी र स्याम्घा गाविस–६ जोड्ने एन आकारको नेपालकै सबैभन्दा लामो पुलको सोमबार उद्घाटन गर्दै मन्त्री मल्लिकले चैत्र महिनाभित्र स्थानीय निकायको चुनाव गर्नु उत्तम हुने र त्यसका लागि निर्वाचन आयोगको तयारी समेत रहेको बताए ।
‘स्थानीय निकायको चुनावका लागि केही ऐनहरुमा संशोधन चाहिएको छ,’ मन्त्री मल्लिकले भने, ‘त्यसको हामी तर्जुमा गर्दैछौ । बजेट पनि सरकारले विनियोजन गरेको छ ।’ अब छिटो अर्को सरकार गठन भएपछि त्यो सरकारले यसलाई प्राथमिकता राख्नुपर्ने उनको भनाई थियो । चैत्र महिनामै स्थानीय चुनाव गर्न सकिए अहिलेकै मतदाता नामावलीले काम गर्ने र निर्वाचन आयोगले समेत काम गर्न सक्ने उनले बताए । www.karobardaily.com
0 comments:
Post a Comment