आहा सञ्चार
रुकुम
दोस्रो संबिधानसभा सदस्यका लागी भएको निर्बाचनमा रुकुम जिल्लाबाट १२ दलले १ भोट पाएका छन । समानुपातिक निर्बाचन प्रणाली अन्तरगतको निर्बाचनमा क्षेत्र नं १ मा ६ र २ मा ६ गरी जम्मा १२ दलहरुलाई १ भोट दिईएको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जसअनसार निर्बाचन क्षेत्र नं १ मा राष्ट्रवादी जनता पार्टि, राष्ट्रवादी एकता पार्टि, संघीय बिकासवादी पार्टि नेपाल, राष्ट्रिय जनबिकास पार्टि, लोकतान्त्रिक पार्टी नेपाल र नेपाल सद्धावना पार्टी (गजेन्द्रवादी) रहेका छन । त्यस्तै निर्बाचन क्षेत्र नं. २ मा १ भोट पाउनेहरुमा शिवसेना नेपाल, लोक दल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), थरुहट तराई पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेस र राष्ट्रिय मधेश एकता पार्टि नेपाल रहेका छन । जिल्लामा १६ दलको शुन्य भोट समेत रहेको निर्बाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । समानुपातिक तर्फ रुकुममा १ मा १ सय १७ र २ मा १ सय १२ दललाई मत परेको छ । समानुपाति तर्फ रुकुम १ मा एकिकृत नेकपा माओबादीले १६ हजार ५ सय ३१ मत प्राप्त गरेर पहिलो स्थानमा रहको छ भने नेपाली कांग्रेसले ६ हजार ४ सय ८२ र नेकपा एमालेले ४ हजार ३७ मत प्राप्त गरेर क्रमसः दोस्रो र तेस्रो स्थानमा रहेका छन । त्यसैगरी क्षेत्र २ मा पनि एकिकृत नेकपा माओबादीले २० हजार ५ सय ६२ मत प्राप्त गरेर पहिलो स्थानमा रहेको छ भने नेपाली काग्रेसले १० हजार ३ सय ९९ र नेकपा एमालेले ५ हजार ९ सय ९२ मत प्राप्त गरेर क्रमस दोस्रो र तेस्रो स्थानमा रहेका छन । समानुपाटिक निर्बाचण प्रणाली अन्तरगत रुकुमबाट मदेश केन्द्रित तथा अन्य क्षेत्रिय र जातिय मुद्धा उठाएका दलहरुलाई न्यून संख्यामा मत परेको देखिन्छ । जसमा अधिकांसले १ सय भन्दा तलको संख्यामा मत पाएका छन भने केहि दलले मात्र एक हजार देखि तल मत पाएका छन । प्रत्यक्ष निर्बाचण प्रणाली अन्तरगतको मत परिणाम पनि तिन दल बिचको अन्तर यसरीनै गरहेको थियो । रुकुम १ मा एमाओबादीका गणेशमान पुन र २ मा जनार्दन शर्मा बिजयी भएका हुन ।

0 comments:
Post a Comment