नवीन लोचनमगर
रोल्पा
सोमबार बेलुकी सवारी दुर्घटनाबाट रोल्पामा दुई महिलाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । सदरमुकाम लिबाङबाट सिमलबाङ गइरहेको रा १ प ४०१ नम्बरको जीप दुर्घटना हुँदा कोटगाउँ–१ माडीचौरका ३५ वर्षिय तिर्थाकुमारी घर्तीमगर र कर्णाकुमारी घर्तीमगरको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीयबासी र प्रहरीको सक्रियतामा उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल रेउघामा लगिएको छ । अस्पतालका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छ । जीप रोकेर यात्रुहरुबाट भाडा उठाउँदै गरेको अवस्थामा सडकबाट करिब डेढसय मिटर तल खसेको यात्रुहरुको भनाई छ । दुर्घटना भए लगतै जीप चालक फरार भएका छन् ।

6:48:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment