आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, December 23, 2013

गहुँवालीमा फौजी किराको प्रकोप

सञ्जोक क्षेत्री
पिपल, रुकुम

जिल्लाको पिपल गाविसको गहुँवालीमा फौजी किराको प्रकोप देखिएको छ । गएको वर्षहरुमा जस्तै यसवर्ष पनि हिउँदे वाली गहुँमा फौजी किराको प्रकोप देखिएपछि कृषकहरु चिन्तित वनेका छन् ।
२०६७/०६८ सालदेखी यस्तो किरोको प्रकोप देखिएको कृषकहरुले जानकारी दिएका छन् । किराको प्रकोप वढेपछि यसपाली गहुँवाली उत्पादनमा कमी आउने पक्का भएको पीपल ४ का हर्कबहादुर केसीले बताए । गहुँवालीमा किराको प्रकोप देखिएको कारण चिन्तित वनेका कृषकहरुले समयमै प्रकोप नियन्त्रणका लागी पहल गरिदिन सम्वन्धित निकायलाई आग्रह समेत गरेका छन् । किरा नियन्त्रणको लागि प्रयोग गरिएको औषधीको प्रभाव बर्षदिन नटिक्दा किसानहरु थप मारमा परेका छन् । दिनभर हराउने किराले रातभर गहुँ काट्ने गरेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |