आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, December 25, 2013

प्रहरीले गरे पत्रकारमाथी दुव्र्यबहार

आहा सञ्चार
रुकुम

रुकुमका पत्रकार दिपकसंगम थापालाई प्रहरीले दुब्र्यवहार गरेको भन्दै जिल्ला स्थित क्रियासिल पेशागत पत्रकार संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।  प्रेस युनियन रुकुम, प्रेस चौतारी नेपाल रुकुम र क्रान्तिकारी पत्रकार संघ नेपाल रुकुम रुकुमले जारी गरेको सयुक्त प्रेस विज्ञप्तीमा यहि ८ गते प्रेस चौतारी रुकुमका सचिब तथा गणतन्त्र दैनिकका रुकुम शाखा प्रमुख थापालाई जिल्ला प्रहरी कार्यालय रुकुममा कार्यरत प्रहरी नायब निरिक्षक एवं लेखापाल देबेन्द्र निरौलाले हातपात तथा दुव्र्यबहार गरेको घटनाप्रति  ध्यानाकर्षन भएको बताएका हुन । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालयमा गएको बेला थापाले गरेको जिज्ञासाको उत्तर दिनुको सट्टा अपाच्य र अश्लील शब्द प्रयोग गरी तथानाम गाली गर्दै हातपात समेत गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिगेप्तीमा जनताको जीउ धनको सुरक्षाको कर्तव्य बोकेका प्रहरीबाटै यस्तो असुरक्षित व्यबहारले जनताको सुरक्षामा समेत प्रश्न उव्जाएको भन्दै आगामी दिनमा यस्ता घटना नदोहरिन सम्बन्धित निकायहरुको ध्यानार्षन गराईएको पनि उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |