आहा सञ्चार
रुकुम
रुकुममा रही पत्रकारीता गर्दै आएका पत्रकार एवं लेखक दीपकसंगम थापाले विद्यार्थीहरुलाई राहत स्वरुप छात्रवृत्ति प्रदान गर्ने बताएका छन । बुधबार आहा सञ्चारलाई जानकारी दिदै जिल्लाका चालिस विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएका हुन । थापाद्धारा लिखित साझाज्ञानमाला नामक पुस्तक छोटो समयमै अत्यधिक माग भई विक्री भएकोले साझाज्ञानमाला पुस्तक विक्री भएको रकमबाट जिल्लाका चार विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने थापाले बताए । उक्त चालिस जना विद्यार्थीहरुलाई आउँदो शुक्रबार दिउँसो उच्च मावि खलंगामा एक कार्यक्रमका वीच वितरण गरिने जानकारी दिए । जिल्लाका त्रिभुवन जनता उच्च माध्यामिक विद्यालय खलंगा, यमुनानन्द नमुना माध्यामिक विद्यालय सेरीगाउँ, पशुपति मावि रातामाटा र सरस्वति मावि सल्लेका १०÷ १० जना गरी चालिस विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उनाईको भनाई रहेको छ । दलित, जेहेन्दार, अपांग, गरिब, छात्रा, अभिभावक गुमाएका, अनुशासित, उत्कृष्टताका आधारमा ती छात्राछात्रहरुको छनौट भैसकेको छ । पत्रकार थापाका अनुसार अभिभावकहरुले आग्रह गरेमा अरु जेहेन्दार र गरिब विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिने छ ।

0 comments:
Post a Comment