आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 17, 2013

मानब अधिकार उलंघनका घटना बढे

आहा सञ्चार
रुकुम

गएको बर्ष भन्दा रुकुममा यस बर्ष मानव अधिकार उलंघनका घटनाहरु बढेको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुकुमले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा  एक  बर्षको अवधिमा जिल्लामा ३१ वटा विभिन्न मानव अधिकार उलंघनका घटना घटेको बताइएको छ ।  सदरमुकाम खलंगामा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तकको बार्षिक पुर्व सम्पादन कार्यक्रम मार्फत मानव अधिकार उलंघनका घटना सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदन अनुसार साना हातहतियार, महिला विरुद्ध हुने सवै प्रकारका  भेदभाव, नागरिक तथा राजनीतिक अधिकार, धम्की र कुटपिट, मानव वेचविखन तथा महिला हिंसा र बहु विवाहका घटना भएका छन् । मानव अधिकार उलंघन मध्ये सवैभन्दा बढी धम्की र कुटपिटका १७ वटा घटना भएको इन्सेक रुकुमद्धारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  यस्तै ८ वटा महिला विरुद्ध हुने सवै प्रकारका हिंसा, बलत्कार, बलत्कार प्रयास, यौन दुव्र्यवहारका घटना, ३ वटा हत्याका घटना, यसैगरी हात हतियार तथा खरखजाना सम्बन्धि १, मानव वेचविखन सम्बन्धिको १ वटा र बहु विवाहका १ वटा घटना बर्षदिनको अवधिमा जिल्लामा भएको उल्लेख पनि प्रतिवेदनमा गरिएको छ । कार्यक्रममा सहभागिहरुले जिल्लामा भएका अन्य केही घटनाहरु पनि छुटेको भन्दै सकभर सवै घटना समावेश गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले आएका घटनाहरु तथ्यमा आधारीत रहेको विश्वास व्यक्त गर्दै छुटेका घटनालाई पनि समेट्नुपर्ने बताए ।  बेलाबेलामा इन्सेकले गर्ने यस्ता कार्यक्रमहरुले मानव अधिकार उलंघनका घटना न्युनीकरणमा सहयोग पुगिरहेको विश्वास पनि उनले व्यक्त गरे । इन्सेक रुकुमका प्रतिनिधि आदर्श  केसीकोे सन्चालन र मानव अधिकार संजाल रुकुमका सदस्य धनवीर दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख अनुसन्धान अधिकृत ओपेन्द्र रावत, प्रहरी निरिक्षक कृष्णानन्द भट्ट, नेपाली काग्रेसका भिम बहादुर खड्का ,एमालेका धनराज खड्का,राजमोका अध्यक्ष गिरी प्रसाद बुढा लगाएतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |