आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 24, 2013

राजनीतिक दलहरुको विरुद्ध एमाले नेताहरु उत्रिए

 मोहन वान्तवा
धनकुटा, पुस ९

धनकुटा बहुमुखी क्याम्पसको विवादमा राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने एमालेका एक पक्षीय नेताहरुले आज एक पत्रकार सम्मलेन गरि बताएका छन ।
पत्रकार सम्मेलनमा एमालेमा आधा दर्जन नेताहरुले क्याम्पसको विवादमा एमाले अध्यक्ष समेत तानिएकाले पार्टी विवादमा परेको बताएका हुन ।
एमाले केन्द्रिय सल्लाहकार परिषदका सदस्य गोपाल गुरागाई, राष्ट्रिय परिषद सदस्यहरु चन्द्र बस्नेत र सकुन्तला बस्नेत, कोशी अञ्चल समन्वय परिषद सदस्य ईन्द्रमणी पराजुली, कोशी अञ्चल संगठन विभाग सदस्य दीपक बुढाथोकी र संघिय मामला विभाग सदस्य निरेन तामाङले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सो पत्रकार सम्मेलन गरेका थिए ।
 क्याम्पस प्रमुखको विषयमा धनकुटाका एमाले भित्र संस्थापन र ओली पक्ष विचको विवाद सडकमा आएको छ । ओली पक्षधर नेताहरु प्रा.डा भट्टराईको पक्षमा देखिएका छन् भने संस्थापन पक्षधरहरु राजीनामा गराउने पक्षमा कडा रुपमा प्रस्तुत भएका छन् ।
धनकुटामा क्रियासिल रहेका ठुला ३ दलले धनकुटा बहुमुखी क्याम्पस प्रमुख प्रा.डा गोपालबहादुर भट्टराईको राजिनामा माग्दै आईतबार संयुक्त पत्रकार सम्मेलन गरेपछि मंगलबार एमालेका नेताहरुले पुन पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन् ।
क्याम्पसको विषयमा छानविन गर्ने निकाय त्रि.वि.वि. प्रशासन र परिषद हुदाहुदै राजनीतिक दलले हस्तक्षेप गर्न नहुने उनीहरुको भनाई रहेको छ । क्याम्पस प्रमुखलाई कालोमोसो दल्दा एक शब्द नबोल्ने राजनीतिक दलहरुले क्याम्पसको विवादमा हस्तक्षेप गर्ने कुनै हक नभएको पत्रकार सम्मेलनमा बताएका छन ।
 सहायक क्याम्पस प्रमुखको नियुक्तिका लागि गरिएको सिफारीस खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापकहरुको माग अनुसार क्याम्पस सञ्चालक समिति र शिक्षण समितिको निर्णयलाई समेत लत्याई अराजक गतिविधि गरेको र क्याम्पसमा गुटको राजनीति गरेको, शैक्षिक केन्द्रलाई धारासायी बनाएको यस अघिको संयुक्त पत्रकार सम्मेलनमा तिन राजनैतिक दलहरु आरोप लगाएका थिए ।
यी आरोपहरु निराधार भएको भन्दै क्याम्पस प्रमुख प्रा.डा भट्टराईले पनि सोमबार पत्रकार सम्मेलन गर्नु भएको थियो । उनलाई एमालेकै कार्यकर्ताहरुले कालोमोसो दलेका थिए । संविधानसभाको निर्वाचनमा अन्र्तघातको आरोपमा कार्वाहीमा परेका क्याम्पस प्रमुख भट्टराईलाई कालोमोसो दल्ने एमालेका ३ जना कार्यकर्ता प्रहरी हिरासतमा रहेको छन् । उनीहरुलाई सार्वजानिक अपराध सम्बनधी मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |