राप्तीका यातायात व्यवसायीहरुले नेकपा माओवादीले आवहान गरेको चक्का जाम फिर्ता नलिएमा बुधवार देखि निर्वाध रुपमा सवारी साधन चलाउने जनाएका छन । राप्तीका १६ वढि यातायात व्यवसायी समितिले मंगलवार संयुक्त रुपमा विज्ञप्ती जारि गरि यस्तो जानकारी दिएका हुन । नेपाल यातायात व्यवसायी महासंघ राप्ती अञ्चल संयोजक भरतनाथ योगि, राप्ती अञ्चल यातायात व्यवसायी समिति दाङका अध्यक्ष जीतेन्द्र बहादुर शाह, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव सुरेश हमाल, राप्ती अञ्चल टेयाक्सी टेम्पो तथा मिनी बस व्यवसायी समितिका कावा अध्यक्ष अयुव मुसलमान,ट्रक व्यवसायी समितिका महासचिव यादव शाह, टेक्टर व्यवसायी समितिका दलबहादुर वली स्वर्गदारी बस समितिका अध्यक्ष सुनिल शाही, सिस्ने समितिका अध्यक्ष महेन्द्र बुढा, राप्ती भेरी समितिका इन्द्र बहादुर पुन, सल्यान रुकुम वस समितिका अध्यक्ष लोकमान बुढाथोकीलगायत राप्तीमा क्रियाशिद १६ वटा यातायात व्यवसायी समितिले संयुक्त रुपमा विज्ञप्ती निकालेर बन्दको विकल्प खोजी स्वतन्त्र रुपमा व्यवसाय गर्ने दिन अनुरोध गरेका छन ।
0 comments:
Post a Comment