
रुकुम, २३ कार्तिक । प्रहरी सेवामा थप प्रभावकारिता ल्याउन मद्धत गर्ने उद्धेश्यका साथ शनिबार रुकुमको चौरजहारीमा सुरक्षा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । “नागरिक बडापत्रको स्थापना ः प्रहरी सेवामा प्रभावकारिता” बिषयक सुरक्षा संवाद कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, व्यापारी लगायतले नागरिक बडापत्रको अत्यावश्यकता रहेको जनाएका छन् । नेपाल सरकारले ल्याएको सुशासन ऐन, २०६४ को दफा २४ र नियमावली २०६५ को नियम १४ मा प्रत्येक सेवा प्रदायक सरकारी निकायले नागरिक बडापत्र अनिवार्य राख्नु पर्ने व्यबस्था गरिएको भएतापनि रुकुमको चौरजहारीमा रहेका करिब एक दर्जन सरकारी कार्यालयमा बडापत्र हाल सम्म पनि नराखिएको भन्दै सहभागिले गुनासो समेत गरेका छन् । प्रत्यक्ष जनसरोकार हुने कार्यालयका रुपमा रहेको ईलाका प्रहरी कार्यालयमा समेत नागरिक बडापत्र नराखिएकोले तत्काल बडापत्रको व्यबस्था गर्ने प्रतिबद्धता ईलाका प्रहरी कार्यालयका प्रमुख बिष्णुवर सिंह थापाले गरेका छन् । नागरिक बडापत्र अनिवार्य कुरा हो, उनले भने – ईप्रकाको नयाँ भवन पुरा हुने बित्तिकै बडापत्र स्थापना गर्ने काम पहिलो हुनेछ । आर्थिक अभाव र भाडाको भवनका कारण प्रभावारी रुपमा नागरिक बडापत्र राख्न नसकिएको समेत उनले बताए । कार्याक्रममा राष्ट्रिय बाणिज्य बैंक चौरजहारीका प्रमुख तुलाराम गिरीले कार्यालयले दिने सेवाको बारेमा जान्न पाउने अधिकार जनतालाई भएकोले नागरिक बडापत्र हरेक सरकारी कार्यालयले राख्नु पर्ने बताए । नेकपा एमालेका नारायण खनाल र नेपाली काँगे्रसका जे.बि. भण्डारीले नागरिक बडापत्र कतै पनि नराखिएकोले तत्काल स्थापना गरि बडापत्र अनुसार प्रभावकारी सेवा दिनुपर्नेकुरामा जोड दिएका छन् । त्यसै गरी नेपाल वायुसेवा निगम चौरजहारीका ईन्चार्ज सुरेन्द्र नेपालीले जनस्तरमा पनि नागरिक बडापत्रको उपयोगिता र महत्वको बारेमा जनाकारीदिन आवश्यक रहेको जनाए । कार्यक्रममा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक चौरजहारीका प्रमुख लक्ष्मण रेग्मी, ईन्दे्रणी बचत तथा ऋण सहकारी सस्थाका कमला पोखरेल, व्यापार संघ चौरजहारीका तुफैल अहमद खाँ, हिरा शर्मा, ईन्द्रबहादुर गिरी, राकेश बिष्ट लगायतले नागरिक बडापत्रको आवश्यकता र महत्वको बारेमा बोलेका थिए । युएसआईपिको सहयोग तथा बागेश्वरी असल शासन क्लब (बास) रुकुम शाखाको सह–आयोजना र ग्रामीण विकास जनचेतना केन्द्र रुकुमको आयोजनामा द चौरजहारी होटेल एण्ड लजमा सम्पन्न उक्त कार्यक्रममा करिब ३० बढि नागरिक अगुवा, सरोकारवाला र सर्वसाधारणको उपस्थििति रहको थियो । बास रुकुम शाखाका अध्यक्ष यदुकुमार आचार्यले सञ्चालन गरेको सो कार्यक्रमको सहजिकरण बासका केन्द्रीय अध्यक्ष राजु लामिछानेले गरेका थिए ।
0 comments:
Post a Comment