आहा सञ्चार
रुकुम २३ कात्तिक
मंसिर ४ गते सरकारले तोकेको संबिधानसभाको चुनाब बहिकार गर्दै आएको बैद्य नेतृत्वको नेकपा–माओवादी रुकुमका इन्चार्ज नै एकिकृत नेकपा माओबादीमा प्रबेश गरेका छन । जनताको अधिकारका लागी अन्य पार्टीको कुनै योजना र विचार नभएको भन्दै नेकपा माओवादीका जिल्ला इन्चार्ज कर्ण वहादुर नकाल शिशिरले एमाओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओबादी पछिल्लो समयमा नयाँ कुनै योजना र कार्यक्रम ल्याउन नसकेपनि आफुलाई त्यस पार्टिमा मस्न मन नभएको उनले बताएका हुन । ‘सर्वहारा वर्गलाई एमाओवादीले मात्र अधिकार प्रदान गर्न सक्ने भएकाले आफु पुनः पुरानै पार्टीमा फर्किए ।’ प्रबेश कार्यक्रममा इन्चार्ज नकालले भने, ‘पदका लागी फुटेको पार्टिमा बस्नु कुनै औचित्य ठाँनिन ।’ ईन्चार्ज नकालले रुकुमका सबै बैद्य नेतृत्वको नेकपा माओबादी आफुसंगै एमाओबादीमा फर्किएको समेत दाबी गरेका छन । उनी सगै विभिन्न पार्टी परित्याग गरी ५० जनाले एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको एमाओबादीले बताएको छ । प्रवेश गर्नेहरुलाई एमाओबादी नेता तथा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार जनार्दन शर्मा प्रभाकर, नेपाल सरकारका पुर्व सह सचिव सुधिर कुमार शाह, केन्द्रीय सदस्य तथा जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सरुण वाँठामगर, समानुपातिक उम्मेदवार लक्ष्मी पुन लगायतले अविर आवरण सहित स्वागत गरेका थिए । शनिबार गरायलाकाृ वलिवाङ्गमा आयोजित चुनावी सभामा नेपाली काँग्रेस गरायला ६ का वडा सभापति डण्डे वुढाथोकी सहित ३० जना, नेकपा एमालेका गाउँ कमिटी सदस्य झुपे ओली सहित १३ जना, नेकपा माओवादी गरायलाका अध्यक्ष दिर्घवहादुर ओली र सचिव दिपक ओली सहित ५ जना र राप्रपाका पुर्व उप–प्रधान शसिराम खत्री सहित ३ जना गरी ५० जनाले एमाओवादीमा प्रवेश गरेका हुन् । यस अघि पनि नेकपा माओबादीका कार्यालय सचिब समिर गौतम लगायतका दर्जन नेताकार्यकर्ता एमाओबादीकै फर्किएको घोषणा गरेका थिए ।

0 comments:
Post a Comment