![]() |
उपचारको क्रममा जिल्ला अस्पालमा रहेका शिर्पाली |
आहा सञ्चार
रुकुम
एकिकृत नेकपा माओबादी रुकुमले आफ्ना कार्यकर्ता तथा कार्यालयमाथी आक्रमण गर्ने नेपाली काग्रेसका कार्यकर्ताहरुलाई कारबार्हिको माग गरेको छ । आफ्ना कार्यकर्ता माथी पछिल्ला दिनहरुमा काग्रेसका अराजक कार्यकर्ताहरुले आक्रमण जारी राखेको भन्दै तत्काल पक्राउ गरि कारबार्हि गर्न स्थानिय प्रहरी प्रशासन समक्ष माग गरेको हो । एमाओबादी रुकुमका नेता गोपाल शर्मा अनलले राज्यले कानुन बिपरित आफ्ना कार्यकर्ता तथा पार्टि कार्यालयमा आक्रमण गर्नेमाथी तुरुन्त कारबार्हि नगरे पछिल्ला गतिबिधीको जिम्मा पनि राज्यले ब्यहोर्नुपर्ने बताए । ‘सिलसिलाबद्ध रुपमा हाम्रा कार्यकर्ताहरुमाथी आक्रमण जारी रहेकोले अब हामी चुप लागेर बस्दैनौ’ अनलले भने, ‘हामी स्थानिय प्रहरी प्रशासनको प्रतिक्रिया पर्खेर बसेका छौ ।’ एमाओबादीका अनुसार बिहिबार बेलुका जिल्लाका मुरुमा एकिकृत नेकपा माओवादीको मुरु गाँउ समिति कार्यालयमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । नेपाली काँग्रेस रुकुम क्षेत्र नं. २ का उम्मेद्धार गोपाल जी जंग शाह सहितको टोलीले आफनो कार्यालयमा प्रवेश गरि कार्यालयमा रहेका फर्निचर, प्रचार सामाग्री र साईनवोर्ड समेत तोडफोड गरेको एकिकृत माओवादी मुरु गाँउ कमिटिका सचिव अमर ओलीले दाबी गरे । उनले कांग्रेस कार्यकर्ताले मुरु गाउँ समितिको कार्यालयमा बसिरहेका टेकवहादुर सिर्पाली सहित अन्य ४ जनालाई आक्रमण गरेको उहाँले वताए । अन्य घाईतेहरुमा मकर ओली, गगन ओली, प्रेम वाँठा र पहल विष्ट रहेको वताईएको छ । घाईतेहरुमध्ये टाउकोमा चोट लागेर गम्भीर रहेका टेकवहादुर सिर्पालीको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । गम्भिर अवस्थाका सिर्पालीको टाउको, कान र खुट्टामा गरि १४ वटा टाँका लगाईएको छ । अन्य ४ जनाको भने स्थानीय मेडिकलमा उपचार भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले लाठिचार्ज गर्नुको साथै ३ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । प्रहरीका अनुसार घटनालाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी पठाउनु परेको थियो । यता नेपाली काग्रेस रुकुमले भने आफ्नो चुनाबी कार्यक्रममा एमाओबादीका कार्यकर्ताहरुले अबरोध गर्दा झडप हुन पुगेको प्रतिक्रिया दिएको छ ।

0 comments:
Post a Comment