" पत्रकारले २५ र सरकारले ७५ प्रतिशत खर्च बेहोर्ने "
काठमाडौं, ११ मंसिर- पत्रकारहरूको दुर्घटना बिमा गर्न नेपाल सरकारले ७५ प्रतिशत र सञ्चारगृहले २५ प्रतिशत रकम बुझाउनुपर्ने गरी बिमा समितिले तयार गरेको निर्देशिका सरकारले सदर गरेको छ । निर्देशिका अनुसार स्वतन्त्र पत्रकारको हकमा स्वयंले र सञ्चार प्रतिष्ठानमा कार्यरत भए सम्बन्धित संस्थाले २५ प्रतिशत रकम नै बेहोर्नुपर्ने उल्लेख छ ।
गत कात्तिक महिनामा सूचना तथा सञ्चार मन्त्रालयमा निर्देशिका पेस गरेको र यसलाई सरकारले सदर गरेको बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । सुरक्षा तथा व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले बिगत लामो समयदेखि ‘पत्रकार दुर्घटना बिमा’ को विषयमा गृहकार्य गर्दै आएको बताउँदै निर्देशक कार्कीले भने, “पत्रकार दुर्घटना बिमा अब तत्काल कार्यान्वयनमा आउँछ ।”
नेपाल सरकारले सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, ०६४ को दफा ४५ बमोजिम तयार भएको उक्त निर्देशिकामा संस्थाको काम गर्दा भएको दुर्घटनामा मृत्यु भएको खण्डमा ५ लाख रुपैयाँ क्षतिपूर्तिबापत बिमा रकम भुक्तानी गरिने उल्लेख छ ।
त्यसैगरी दुर्घटनामा परी उपचार खर्चको हकमा बढीमा २ लाख रुपैयाँ भुक्तानी गरिनेछ, तर उक्त खर्चमध्ये २० प्रतिशत रकम स्वयं पत्रकार र ८० प्रतिशत रकम बिमकले बेहोर्ने उल्लेख गरिएको छ । उपचार खर्च रकम कुल बिमांकको २ प्रतिशतभन्दा कम भएमा बिमितले क्षतिपूर्ति रकम दाबी गर्न पाउने छैन ।
निर्देशिका अनुसार व्यक्तिगत कामको सिलसिलामा भएको दुर्घटना, आत्महत्या, मादकपदार्थ वा लागू औषधिका कारण भएको दुर्घटना, प्रचलित कानुनबमोजिम अनुमति नलिएको हवाई जहाजमा जाँदा, घोडा दौड, वन्जी जम्पिङ, प्याराग्लाइडिङ वा मोटरसाइकल दौड, पोलो, सिकार, पर्वतारोहण, आणविक विकिरण वा आणविक इन्धनको बिस्फोटनपछि बाँकी रहेको पदार्थबाट निस्कने धुवाँका कारणवाट दुर्घटना भएको अवस्थामा बिमा क्षतिपूर्ति रकम उपलब्ध नहुने निर्देशिकामा उल्लेख छ ।
सरकारी सञ्चारगृह, स्वतन्त्र र समाचार उत्पादन कार्यमा संलग्न पत्रकारहरूले बिमा गर्दा कुल बिमा शुल्कको ५० प्रतिशत रकम बुझाइ बिमा गर्न सक्ने छन् ।
उक्त बिमा योजनामा सहभागी हुन पत्रकारले सूचना विभागबाट प्रेस परिचयपत्र तथा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
नेपाल सरकारका तर्फबाट वार्षिक रूपमा बिमा शुल्क भुक्तानी गर्न ‘पत्रकार दुर्घटना बिमा कोष’ नामको एक अक्षयकोष स्थापना गरिनेछ भने उक्त कोषमा नेपाल सरकारबाट प्राप्त अनुदान, अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त अनुदान, नेपाल पत्रकार महासंघ वा सञ्चार प्रतिष्ठानद्वारा प्राप्त रकम, गैरआवासीय नेपालीबाट प्राप्त अनुदान, नेपाली संघसंस्था वा व्यक्तिगत अनुदान जम्मा गरिनेछ । उक्त रकम ‘पत्रकार बिमा कोष’ का नाममा ‘क’ वर्गको वाणिज्य बंैकमा मुद्दती निक्षेपमा जम्मा गरिनेछ ।
सूचना विभागको तथ्यांकअनुसार हालसम्म देशभर ६ हजार ५ सय १९ पत्रपत्रिका, ५ सय २ वटा रेडियो, ४९ टेलिभिजन च्यानल र करिब ३ सय समाचारमूलक अनलाइनमा १५ हजारभन्दा बढी पत्रकार क्रियाशील छन् । FROM http://www.karobardaily.com/nepali/news/2013/11/1385524098

0 comments:
Post a Comment