
काठमाडौं–८ मंसिर । नेपाली कांगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी संविधानसभामा एमाओवादी पनि सहभागी हुने विश्वास ब्यक्त गरेका छन् । सबै दलको सहभागितामा मात्र देश र जनताले निकास पाउने भन्दै उनले देशलाई सबै दलको आवश्यकता रहेको बताए । “एमाओवादी सानो भएको छ, तर यसको अर्थ यो होइन कि देशलाई उसको आवश्यकता नै छैन ।” कारोबार सँग कुरा गर्दै सिटौलाले भने,“ सबैदलका सबै नेता संविधानसभामा पुग्दै हुनुहुन्छ, यो राम्रो पक्ष हो ।” ब्यक्तिगत रुपमा अहिलेसम्म एमाओवादीका नेताहरुसँग आफ्नो कुराकानी नभएको बताएका उनले माओवादीलाई संविधानसभामा पु¥याउन आफ्नो पार्टीले पहल गर्ने बताए । दलहरु सरकार भन्दा पनि संविधानसभामा केन्द्रित हुनु पर्नेमा जोड दिंदै सिटौलाले भने,“म जनतासँग प्रतिबद्धता जनाउँछु, विगतमा जस्तो सरकारका लागि भन्दा अब हामी सबै दल र संविधानसभा सदस्यहरु संविधानलाई केन्द्र विन्दुमा राखेर अघि बढ्नेछौं । http://www.karobardaily.com/nepali/news/2013/11/1385197111
0 comments:
Post a Comment