आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, November 26, 2013

सभासद्को पारिश्रमिक र भत्ता सामाजिक काममा ः शाह

दिप बहादुर घर्ति
जाजरकोट

 काग्रेसबाट सभासदमा निर्वाचित जाजरकोटका राजिव विक्रम शाहले सभासदको पारिश्रमिक र भत्ता नलिने प्रतिवद्धता गरेका छन् । समावसेवीको छवी बनाएका शाह जिल्लाको निर्वाचन क्षेत्र नं २ संविधान सभा सदस्यमा निर्वाचित भएका छन्् ।     शाहले एमालेका कृष्णबहादुर बुढालाई झिनो मतले पराजित गरेका हुन् । कम समयमै समाजसेवी शाहले राजनितिमा ठुलै फट्को मारेका छन् । शाहले पार्टीद्वारा आयोजित विजयीसभामा सभासद्ले पाउने पारिश्रमिक तथा भत्ता नलिने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उक्त पारिश्रमिक तथा भत्ता वाफत पाउने रकमबाट छात्रबृत्ती कोष स्थापना गरी दलित, गरीव, अपांग र जनजातिका जेहेन्दार बालबालिकाको शैक्षिक विकासमा खर्च गर्ने बताएका छन् । कर्णाली भन्दा पछि परेको यो जिल्ल्लाको विकासका लागि राजनितिमा शाहले बताए । ‘मेरो काठमाण्डौंमा पहुच थियो तर आधार थिएन’ उनले भने, ‘अब मलाई चुनाव जिताएर आधार दिनु भएको छ । त्यसै अनुरुप जिल्लाबासीको विकास र उन्नतिका लागि सदैव प्रतिबद्ध रहने छु ।’ त्यसैगरी शाहले पहिलो चरणमा सुर्खेतको राकम स्थित भेरी नदीको पुल निर्माणमा ताकेता गर्ने, नलसिंहगाड जल विद्युत आयोजनाको     डि पी आर तयार गर्ने, क्षेत्र नं २ मा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन २ बर्ष भित्र निजी अस्पतालको स्थापना गर्ने, सदुरमुकाम सम्म केन्द्रिय विद्युत लाईन जोड्न ताकेता गर्ने, ब्यक्तिगत लगानीमा कुमारी टूष्टद्वारा बर्षेनी  करोड रकम जिल्लाको अन्य विकास निर्माणमा खर्च गर्ने लगाएतका प्रतिबद्धता गरेका छन् । शाह विजयी भएपछि यहाका स्थानीय हर्षित बनेका छन् । यस अघि शाहले समाजसेवीको रुपमा गरीव विद्यार्थीलाई डाक्टर पढ्न, बैदेशिक रोजगारमा जान, विरामीको स्वास्थ्य उपचार गर्न लगाएतमा आर्थिक सहयोग गरेका थिए । ०६६ सालमा जिल्ला भरी फैलिएको झाडापखलाको माहामारी नियन्त्रण गर्न शाहले ३५ लाख सहयोग समेत गरेका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |