
रुकुम
एकिकृत नेकपा माओबादीले आफ्नो आधारईलाका भन्दै आएको मध्यपश्चिमका अन्य जिल्लाहरु गुमेपनि रुकुममा भने जोगाएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रमा एकिकृत नेकपा माओबादीका उम्मेदवार बिजयी भएका छन । प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवारलाई भारी मतले पराजीत गराएका हुन । पहिलो संबिधान सभा निर्बाचनमा भारी मतका साथ पनि एमाओबादीकै उम्मेदबारहरु बिजयी भएका थिए । रुकुम निर्बाचन क्षेत्र नं १ मा एमाओबादीका गणेशमान पुनले १८५९५ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका प्रतिद्धन्दी काग्रेसका कृष्णबहादुर रोकायले ६१७३ मत प्राप्त गरेका छन । त्यस्तै जिल्लाको निर्बाचन क्षेत्र नं २ मा पनि एमाओबादीकै जर्नादन शर्माले २२५७५ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्दी काग्रेसका गोपाल जीजंग शाहले ९९७६ प्राप्त गरेको छन । एमाओबादीले दुबै क्षेत्रमा बिजयी गरेको भएपनि अघिल्लो निर्बाचनमा बिजयी भएको जस्तो कुनै पनि जुलुस तथा चहलपहल कुनै देखिएको छैन । अर्को तर्फ नेपाली काग्रेस तथा एमालेले देशका बिभिन्न ठाउँमा जीत हासिल गरेर अन्य जिल्लाहरुमा खुसियाली तथा बिजयी जुलस निकालिएको अबस्था भएपनि रुकुमा भने दुबै क्षेत्रमा पराजित भएपछि उनीहरुमा पनि कुनै खसि छैन । जिल्लाका क्षेत्र नं १ मा १२ र २ मा ८ दलका उम्मेदवारहरु रहेका थिए । यसैबिच समानुपातिक प्रणाली अन्तरगतको मतगणनामा पनि एमाओबादी जिल्लामा भारी मतले दुबै क्षेत्रमा अगाडी रहेको छ ।
0 comments:
Post a Comment