
रुकुम ५ मंसिर
रुकुमको दुर्गम मानिएको स्यालाखदी गाबिसका मतदान केन्द्रहरुबाट हेलिकप्टर मार्फत समेत मतपेटिका ल्याउन सकिएको छैन । दुईपटक सदरमुकामबाट त्यस क्षेत्रमा हेलिकप्टर गएपनि मतदान केन्द्र पत्ता लगाउन नसक्दा हेलिकप्टर रित्तै सदरमुकाम फर्किएको हो । मुख्य निर्बाचन अधिकृत हेमन्त रावलका अनुसार तेस्रो पटक उक्त गाबिसबाट मतपेटिका ल्याउन प्रयास गर्ने गरेको भएपनि हेलिकप्टर चालकले ईन्धन सकिएको भन्दै सुर्खेततर्फ लिईएको छ । उहाँका अनुसार ईन्धन हालेर ल्याएमा पुन उक्त गबिसका मतपेटिकाहरु ल्याउन हेलिकप्टरको प्रयास गरिने छ । निर्बाचन अधिकृतको कार्यालयका अनुसार दुर्गम मानिएका जिल्लाको गोतामकोट, हुकाम र मैकोट गाबिसहरुका मतदान केन्द्रहरुको मतपेटिका भने हेलिकप्टर मार्फत सदरमुकाममा ल्याउन सफल भईएको छ । अन्य ठाउँहरुबाट पनि मतपेटिकाहरु सदरमुकाममा ल्याउने क्रम अन्तिम चरणमा पुगेको बताईएको छ । अहिलेसम्म जिल्लाका १ सय मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाममा आईसकेको छ । सदरमुकाम आसपासका क्षेत्रहरुबाट मतपेटिका आईरहेको भएपछि पुर्बि दुर्गम गाबिसहरुबाट भने तत्काल ल्याउनमा समस्या भएको हो । निर्बाचन क्षेत्र नं १ का अधिकांस मतदान केनद्रहरुबाट मतपेटिका सदरमुकाम आईसकेको र केहि सदरमुकाम केन्द्रित आउने क्रममा रहेको छ । तर क्षेत्र नं. २ को स्यालाखदीबाट हेलिकप्टर मार्फत ल्याउने प्रयास अझै असफल भए रुकुमको मतगनणा कार्य भोली अबेर बाट मात्र शुरु हुने संभाबना छ । तर १ नं. का सबै मतदान केन्द्रहरुबाट मतपेटिका आजै बेलुका सम्म आईपुगेमा मतगणना कार्य शुरु गर्न सकिने संभाबना रहेको बताईएको छ । दुई निर्बाचन क्षेत्र रहेको रुकुममा १ सय ४८ स्थायी र जिल्ला कारागार शाखामा एउटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो ।
0 comments:
Post a Comment