आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, November 19, 2013

रुकुममा मतपेटिका ल्याउने क्रम जारी

मेगराज खड्का
रुकुम ५ मंसिर

रुकुममा मतपेटिकाहरु सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ । अहिलेसम्म जिल्लाका ५४ मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाममा आईसकेको छ भने अन्य ल्याउने क्रम जारी रहेको छ । सहायक निर्बाचन अधिकृत अर्जुन भण्डारीका अनुसार हालसम्म जिल्लाको निर्बाचन क्षेत्र नं १ बाट ३२ र २ बाट २२ केन्द्रका मतपेटिकाहरु निर्बाचन अधिकृतको कार्यालयमा प्राप्त भैसकेका छन । सदरमुकाम आसपासका क्षेत्रहरुबाट मतपेटिका आईरहेको भएपछि पुर्बि दुर्गम गाबिसहरुबाट भने तत्काल ल्याउनमा समस्या भएको बताईएको छ । निर्बाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको स्यालाखदी, गोतामकोट, हुकाम र मैकोट गाबिसहरुबाट भने मतपेटिका पैदल ल्याउदा दुईतिन दिन लाग्ने भएका कारण अहिले केहिबेरपछि हेलिकप्टर मार्फत ल्याउने तयारी भैरहेको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार समयमै सबै केन्द्रका मतपेटिकाहरु प्राप्त भएमा आज बेलुकादेखि मतगणना शुरु गरिने तयारी भैरहेको छ । दुई निर्बाचन क्षेत्र रहेको रुकुममा १ सय ४८ स्थायी र जिल्ला कारागार शाखामा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो । अन्य जिल्लाको अबस्था हालसम्म पनि शान्तिपुर्ण रहेको बताईएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |