आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, November 13, 2013

काग्रेस रुकुमका कार्यकर्ता एमाओबादीमा प्रबेश

आहा सञ्चार
रुकुम
जिल्लाको दुली गाविस वडा नं. ४ का नेपाली काँग्रेस कार्यकर्ता झकविर सुनारले बुधबार एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन । नवप्रवेशी सुनारलाई एकिकृत माओवादीका केन्द्रीय सल्लाहकार देविलाल गौतमले सदरमुकाम खलंगामा आयोजित प्रवेश कार्यक्रममा अविर तथा पुश्पगुच्छाले स्वागत गरेका छन । स्वागत कार्यक्रममा सल्लाहकार गौतमले देशैभर एकिकृत माओवादीको पक्षमा ठुलो जनलहर देखिएकोले आफनो पार्टीले दुईतिहाई बहुमत ल्याउने दावी गरे । उनले जनताको सच्चा मुक्तिदाता एकिकृत माओवादी मात्र भएकोले जनताले अपार माया देखाएको पनि वताए । कार्यक्रममा एकिकृत नेकपा माओवादी रुकुम क्षेत्र नं. २ का संयोजक गोपाल शर्मा अनलले आफुहरुले शुरु गरेको ९० प्रतिशत जनमत निर्माणको अभियान सफल हुदै गएको बताए । उनले नेपाली काँग्रेसले आफनो गढ ठान्ने सवै क्षेत्रमा एकिकृत माओवादीमा प्रवेशको लहर चलेको दाबी गरे । प्रवेश कार्यक्रममा नवप्रवेशी सुनारले नेपाली काँग्रेस षडयन्त्र र जालझेलको पोको भएकोले जनतावाट नाङ्गिदै गएको आरोप लगाए । उनले द्धन्द्धकालमा आफनो वुवालाई काँग्रेस कार्यकर्ताले षडयन्त्रपुर्वक हत्या गरि माओवादीलाई आरोप लगाएर आफुहरुलाई नक्कली सहानुभुति वाँडेको समेत स्मरण गरे ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |