आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, November 11, 2013

मंसिर ४ र ५ सार्वजनिक विदा गर्ने निर्णय

काठमाडौं, २५ कात्तिक- मंसिर ४ को संविधानसभा निर्वाचनलाई लक्षित गर्दै बैठकले २ र ३ गते अत्यावश्यक सेवाका सरकारी कार्यालय बाहेक अन्य कार्यालय पनि विदा गर्ने र मंसिर ४ र ५ गते सार्वजनिक विदा गर्ने  निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले  डेढ हप्ताअघि एआईजीमा बढुवा भएका उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ । केही बेरअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषको बैठकले मंसिर १ बाट लागू हुने गरी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । ईजीपीको लाईनमा रहेकी अर्की डिआईजी थापाले आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै कात्तिक २१ मा अर्याल विरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन् । कात्तिक १४ गतेको मन्त्रिपरिषद बैठकले डीआइजी अर्यालललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |