हरि गौतम
रुकुम, १ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतारको दोहामा रहेका खलंगा १ रुकुमका लक्ष्मण केसीलाई यो दशैमा घरको याद खास आएन । पहिलो पटक बा–आमा र घर परिवार बाहीर दशैं मनाउन लागेका उनलाई दशैं साह्रै खल्लो हुन्छ भन्ने लागेको थियो । “पहिलो पटक बा–आमा घर परिवारबाट टाढीएर दशैं मनाउँदा निकै नमजा हुने भयो भन्ने सोचेका रुकुमेली सेवा समाज दोहा कतारका अध्यक्ष समेत रहेका लक्ष्मणले दोहाबाटै फोनमा भने यस पालाको दशैं सोचे भन्दा पनि फरक भयो, आफन्त नजिक नभएनि यहाँ रहेका हामी रुकुमेली दशैंमय नै भयौं ।”
कतार पुगेर दुःख पाउने रुकुमेली तथा नेपालीलाई सहयोग गर्न भन्दै रुकुमेली सेवा समाज स्थापना गरेका उनिहरुले यस पालाको दशैंलाई घरआँगनमै मनाएजस्तै गरि मनाए । यस बर्षको दशैंलाई साँच्च्किै रमाईलो तरिकाले मनाएको प्रतिक्रिया उनिहरुले दिएका छन् । अघि पछिका चाडबाडमा विरत्तिएर मात्रै बस्ने उनिहरु यस बर्षको दशैंमा मज्जैले रमाए । “विदेश बस्न थाललेको बर्षौ भयो रुकुमेली सेवा समाज दोहा कतारका संस्थापक कर्ण परियारले भने यो बर्षको दशैं रमाईलो बनाउन गरिएको प्रयासले सार्थकता पायो ।”
आ–आफुले काम गर्ने कम्पनिबाट दशैं र इदको अवसर पारी छुट्टि मिलाएका रुकुमेली युवाहरुले कतारभरी छरीएका नेपाली र स्थानीयलाई सहभागि गराएर नेपाली ६० हजार राशिको खुला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेर यस बर्षको दशैं उल्लासमय तरिकाल मनाएका छन् ।
स्थानीय मृक कम्पनिको सहयोग लिएर विभिन्न १९ वटा समुहविचको मैत्रीपुर्ण भलिवल प्रतियोगिता सम्पन्न गरेको रुकुमेली सेवा समाज दोहा कतारका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट नेपालको बाग्लुङ जिल्ला प्रथम भएको छ भने आयोजक रुकुमेली सेवा समाज दोश्रो र नेपालकै पाल्पा जिल्ला तेश्रो भएको छ । विजय समुहलाई क्रमशः दुई हजार रियल अर्थात ६० हजार नेपाली रुपैया, पन्ध्र सय रियल अर्थात ४० हजार रुपैया र एक हजार रियल अर्थात २७ हजार नेपाली रुपैया प्रदान गरिएको छ ।
प्रथम भएको बाग्लुङले शिल्ड पनि कब्जा गरेको छ भने दोश्रो र तेश्रो हुने समुहका सम्पुर्ण खेलाडीलाई प्रमाण पत्रको साथमा मेडल पनि प्रदान गरिएको आयोजक रुकुमेली सेवा समाज दोहा कतारले जानकारी दिएको छ ।
४ दिन सम्मको प्रतियोगिताले कतारमा रहेका नेपालीको एकतालाई अझ बलिएको बनाएको रुकुमेली सेवा समाजको तर्फबाट खेल खेलेका कप्तान पहल घर्तीले बताए । “यो दशैंमा रमाईलो मात्रै भएन उनले फोनमा भने कतारभर छरिएर रहेका रुकुमेलीको साथै नेपालीको जमघट पनि भएको छ ।” यस्ता प्रतियोगितालाई निरन्तरता दिइरहनुपर्ने भनाइ पनि घर्तीको छ ।।

0 comments:
Post a Comment