शेरप्रसाद ढकाल
चौरजहारी
पा“ँच महिना अघिदेखि अवरुद्ध रुकुम चौरजहारीको विद्युत सेवा सञ्चालनमा आएको छ । बर्षातका कारण नहरमा खसेको पहिरो हटाउनुका साथै भासिएको नहर मर्मत गरेपछि विद्युत सेवा सञ्चालनमा आएको हो । सिंचाई र विद्युतका लागि एउटै नहर भएकोले गत वैशाख महिनामा कृषकहरुले धानको ब्याड राख्न थालेपछि पानीको अभावमा विद्युत सेवा बन्द भएको थियो । धान रोपाईपछि साउनको पहिलो सातामै विद्युत सेवा सञ्चालन गर्ने भनिएता पनि नहरमा पहिरो खसेपछि समयमै नहर मर्मत संभार नहुँदा २ महिना ढिलोगरी विद्युत सेवा सञ्चालनमा आएको विजयश्वरी हाईड्रोपावर कम्पनी प्रमुख जय बहादुर मल्लले बताए । सि“चाईका लागि जल उपभोक्ता समिति विजयश्वरीको पहलमा कृषकहरुले नहर मर्मत गरेपछि नहरमा पानी सञ्चालन भएको हो । २०३४ सालमा निमार्ण गरिएको नहर उचित मर्मत संभारको अभावमा जिर्र्ण बन्दै गएको होे । साढे १९ किलोमिटर लम्बाइ रहेको नहर जिर्ण भएकै कारण ठाउँठाउँमा भासिने र मर्मतका लागि आर्थिक श्रोत नजुट्दा लामो समयसम्म नहर अबरुद्ध हुने गरेको छ । १५० किलोबाट क्षमता रहेको विद्युत दिउसो र रात्री समयमा गरी करिब ६ घण्टा सञ्चालन हुने गरेको छ । लामो समय विद्युत सेवा बन्द हुँदा ६ सय बढी उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका थिए । विजयश्वरीको स्यालखोला, टाटागाउ“, नया“ वजार, पुरानो वजार, घारीगाउ“, लामिछाने गाउ“, नाखिरा, मनकोट, खहरे र कोेटजहारीको नार्जी, मलैनाउली, बसीगाउ“ लगायतका ठाउ“हरुमा विद्युुत सेवा आपूति हुने गरेको छ ।

5:34:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment