आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 2, 2013

चौरजहारी बजार शनिवार बन्द नहुने

गोपाल रेग्मी
चौरजहारी

रुकुमको चौरजहारी वजार तिहार सम्मका लागी शनिवार बन्द नहुने भएको छ । हिन्दुहरुको महानचाड वडादशैं तथा दिपावलीको अवसरमा बजार शनिबार बन्द नहुने भएको हो । सेवाग्राहीको चाप र    व्यापारीहरुको निर्णय अनुसार बजार नियमित खुल्ला गरिने बताईएको छ । वजारमा किनमेल गर्ने उपभोक्ताहरुको चहलपहल वढेकाले आगामी तिहार सम्म बजार हप्ताको सात दिन खुल्ला रहने रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीका अध्ययक्ष तेज वहादुर बिष्टले जानकारी दिए ।      बजारमा खाद्य किराना तथा लत्ताकपडा किन्ने उपभोक्ताहरुको संख्यामा वृद्धी भएको व्यापारीहरुले बताएका छन । जिल्लाको कोटजहारी, पुर्तिमकाँडा, खोलागाउँ र विजयश्वरी छिमेकी जिल्ला सल्यान, जाजरकोटका सेवाग्राहीहरु बजारमा किनमेल गर्न आउने गरेका छन । यस अघि वजार शनिवार बन्दहुदै आईरहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |