आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 9, 2013

एमाले रुकुमलाई पुर्बमा धक्का

आहा सञ्चार
रुकुम

नेकपा एमाले जिल्ला कमिटी रुकुमका सचिवालय सदस्य तथा क्षेत्रनम्बर १ का ईन्चार्ज टोपबहादुर ओलीले पार्टी परित्याग गरेका छन । ओलीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आफुले बहन गरेको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिई पार्टी परित्याग गरेको घोषणा गरेका हुन । क्षेत्र नं. १ का इन्चार्ज आलीले राजीनामा दिएसगै चुनाबको मुखैमा एमालेलाई जिल्लाको उत्तरपुर्बी गाबिसरुमा धक्का पुगेको छ । पहिलो संबिधान सभा चुनाबको परिणाम अनुसार जिल्लामा तेस्रो स्थानमा रहेको एमाले उनको राजीनामासंगै झनै केहि हदसम्म पार्टि कमजोर बनेको कतिपयले टिप्पनी गरेको छन । उनीहरुका अनुसार चुनाबको बेला एउटा अर्को पार्टिकोे सामान्य सुबेच्छुक आफ्नो पार्टिमा प्रबेश  गर्दा ठुलो उपलब्धी भएको भन्दै जुनसुकै पार्टिले पनि प्रचार गर्ने समयमा एक क्षेत्रको ईन्चार्जले राजीनामा दिदा ठुलै महत्व राख्नेछ । मंसीर ४ मा हुने निर्वाचनको लागी क्षेत्रीय कमिटी र जिल्ला कमिटीले निर्णय गरी रुकुम क्षेत्र नम्बर १ मा प्रत्यक्ष उम्मेदवारको लागी टोपबहादुर ओली, सतमान पुन र देवी ओलीको नाम राप्ती अञ्चल समन्वय कमिटिले समेत अनुमोदन गरेको निर्णयलाई लत्याएर समानुपातिक तर्फ गएका खेममान खड्काले मनोनय पत्र लिई उम्मेदवार हुन लागेकोले अब यस पार्टीमा जनवाद र लोकतान्त्रीक मुल्यमान्यता नरहेको भन्दै पार्टी परित्याग गरेको ओलीले बिज्ञेप्तीमा लेखेका छन । ‘भर्खरै रुकुममा भएको यस्तो प्रक्रियाले नेकपा एमालेको एउटा तानाशाही प्रबृती देखिएकोले अब एमाले नेपाली काँग्रेस र राप्रपा सरह दक्षिणपन्थी लाईन समात्ने प्रयास गरिरहेको प्रमाणित हुदै गएको छ’ विज्ञप्तीमा भनिएको छ । बिज्ञेप्तीको अन्त्यमा आफुले अब संघीय समाजवादी पार्टीलाई समर्थन गर्ने पनि जानकारी गराएका छन । ओली सगै मैकोेटका स्थानीय एमाले कार्यकर्ता दिलबहादुर बुढामगरले पनि एमाले परित्याग गरेका छन ।  यता एमाले रुकुमले भने नेताहरु गाउँतिर रहेका कारण यस बारेमा पार्टिमा आधिकारिक जानकारी नआएको बताएको छ । ‘उहाँ पहिले देखि पार्टिमा असन्तुष्ट हुनुहुन्थ्यो, टिकटको कुरा त निहुँ मात्र होला’ पार्टिका प्रचारप्रसार उपप्रमुख रहेका कर्णबहादुर ओलीले भने । तर सामाजिक संञ्जालहरुमा एमाले निकट प्रयोगकर्ताहरु उनलाई अबसरबादी भएको भन्दै एउटा चुनाबमा टिकट नपाएको झोकमा पार्टि छोडेकोले उनले अन्य पार्टिमा प्रबेश गरेपनि राजनैतिक भबिश्य राम्रो नबन्ने टिप्पनी गरेका छन । (थप जानकारीका लागी बिज्ञेप्ती हेर्नुहोला ।)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |