आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 30, 2013

एकीकृत माओवादीमा प्रबेशको लहर

हेमन्त के सी
जाजरकोट

जाजरकोटको डाँडागाउ गाविस वडा ६, ७, ८ र ९ मा एकीकृत माओवादीले  जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जाजरकोट जिल्ला ईन्चार्ज खगेन्द्र सेन को उपस्थीतीमा भएको जनभेटघाट कार्यक्रममा विभिन्न पार्टीबाट जिल्ला स्तरिय नेता तथा कार्यक्रताहरुको एकीकृत माओवादीमा प्रबेश भएको सहईन्चार्ज विजय रावलले बताए । जनभेटघाट कार्यक्रमवाट वैद्य माओवादीका जिल्ला कमिटीका सदस्य कमल शाह, बल वहादुर घर्ती, बल वहादर थापा, सहित १५ जनाले एकीकृत माओवादीमा प्रवेश गरेका छन । त्यस्तै राप्रपाका जिल्ला कमीटी सदस्य बीर वहादुर थापा सहित १४ जना, नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य विरेन्द्र पुन सहित ८ जना, नेकपा एमाले जिल्ला कमिटी सदस्य भीम वहादुर बुढा सहित ८ जनाले एकीकृत माओवादीमा प्रवेश गरेको सहईन्चार्ज बिजय रावलले बताए । यसैवीच वडा स्तरिय प्रचारप्रसार समिति गठन गरिएको छ । डाडागाँउ गाविस वडा ४ मा कर्ण बहादुर औलीको संयोजकत्वमा २९ सदस्यीय,वडा ७ मा वीरेन्द्र पुनको संयोजकत्वमा २१ सदस्यीय, वडा ८ मा वीर वहादुर थापाको संयोजकत्वमा २५ सदस्यीय र वडा ९मा हरी वहादुर औलीको संयोजकत्वमा ३६ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको क्रान्तिकारी पत्रकार संघ जाजरकोट को संञ्चार डेष्कले जनाएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |