
रुकुम १७ असोज
रुकुमका २० जना उम्मेदवारले निर्बाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गराएका छन । दुई निर्बाचन क्षेत्र रहेको रुकुममा क्षेत्र नं. १ मा १२ र क्षेत्र नं. २ मा ८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । एकिकृत नेकपा माओबादी केन्द्रिय सदस्य तथा पुर्ब शान्ति तथा पुननिमार्ण मन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुम क्षेत्र २ बाट उम्मेदवारी दर्ता गएका छन । त्यस्तै एमाओबादी नेता तथा वाईसिएल नेपालका अध्यक्ष गणेशमान पुनले रुकुम क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी नेपाली काग्रेसबाट क्षेत्र नं. १ मा कृष्ण बहादुर रोकाय, क्षेत्र न २ मा गोपालजी जङ शाह, नेकपा एमालेबाट क्षेत्र नं. १ मा खेममान खड्का र क्षेत्र नं. २ बाट ठगेन्द्रप्रसाद पुरीले नामदर्ता गराएका छन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालबाट मोहनजंग शाह (१), गणेश कुमार शाहि (२), नेकपा(मालेमा) बाट मान बहादुर सुनार (१), राष्ट्रिय जनमोर्चाबाट आषा बुढा (१), बिष्णु ओली (२), राप्रपाबाट खिम बहादुर खत्री (१), दिपक कमार मल्ल (२) रहेका छन । त्यसैगरी नेमकिपाबाट कालो खड्का (१), मदेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट बुद्धिराम पुन (१), मंगोल नेशनल अर्गनाईजेशनबाट राजेश पुन (१) चन्द्रबिर खड्का (२) र संघिय समाजबादी पार्टि नेपाल बाट सुरेन्द्र पुन (१) र गोपाल पुन मगर (२) रहेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
0 comments:
Post a Comment