आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, October 29, 2013

आचारसंहिता उलंघन नगर्ने प्रतिबद्धता

आहा सञ्चार
रुकुम

सदरमुकाम खलंगामा सोमबार आयोजित एक कार्यक्रममा रुकुमका मुख्य तिन दल सहित  १२ दलहरुले आचारसंहिता उलंघन नगर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । निबार्चनलाई निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न आफुहरु जस्तो मुल्य चुकाउज तयार रहेको उनीहरुले मौखिख रुपमा सामुहिक प्रतिवद्धता जनाएका हुन  । गाँउमा निबार्चन आचारसंहिता बिपरितका कार्यहरु भइरहेको गुनासो आइरहेको बेला रुकुमका दलहरुले बिगतका कमीकमजोरीहरु सञ्चाउँदै आगामी दिनमा आचारसंहिता बिपरित कार्य नगर्नै प्रतिबद्धता जनाएका हुन् । मानव अधिकार अनुगमन सञ्जाल रुकुमको आयोजनामा  खलंगामा आयोजित “निष्पक्ष निबार्चन, आम नागरिकको सुरक्षा र सरोकारवालाहरुको भुमिका” बिषयक अन्र्तक्रिया कार्यक्रमममा कार्यक्रममा एकिकृत नेकपा माओबादी केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमले निबार्चनलाई भयरहित बनाउन आफ्नो पार्टी अत्यन्तै सचेत भएको बताए ।  उनले  बिगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा आचारसंहिता बिपरितका कार्य आफ्नो दलले नगर्ने प्रतिबद्धता जनाए । यस्तै नेपाली कांग्रेसका जिल्ला समिती सदस्य शिव आचार्यले निबार्चनमा मतदातालाई भयरहित ढंगले भाग लिने बाताबरण सिर्जना गराउन राज्यसँग माग गदै गाउमा अवस्था जटिल भएकाले सहज बनाउनको लागि दलहरु विच सहकार्यको आवश्यकता रहेको बताए  । उनले आफ्नो दलले आचारसंहिता उलंघन नगर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेका सचिव हरिप्रसाद शर्माले रुकुमका केही ठाँउहरुमा कांग्रेस र एमाओबादीले आचारसंहिता बिपरितका कार्य गरेकोले त्यस्ता कार्य बन्द गर्न गदै आफुहरु पुर्ण रुपमा निर्वाचन आचार सहिताको पालना गर्ने बताए  ।  आफ्नो पार्टीका कुनै कमजोरी भए औंल्याइदिन आग्रह पनि उनले सबैलाइ आग्रह गरे  । यसै गरी कार्यक्रममा नेपाल मदजुर किसान पार्टीका कालीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका आशा बुढा, नेपाल परिवार दलका जगतबहादुर चन्द लगाएतले आचारसंहिता उलंघन नगर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय निबार्चन पर्यबेक्षण समिती (नियोक), युएसआइपी काठमान्डौको सहकार्यमा मानवअधिकार अनुगमन सञ्जाल रुकुम, ग्रामिण बिकास जनचेतना केन्द्र रुकुम र इन्सेक रुकुमको आयोजनामा भएको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा सरोकारवालाहरुले निबार्चनलाई निष्पक्ष बनाउनका लागी पर्यबेक्षणलाई बिषेश जोड दिनुर्ने बताएका थिए । सुरक्षा निकायले पनि सुरक्षाको व्यवस्था बलियो बनाउनुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयले सुरक्षा ब्यवस्था कमजोर बनाएको भन्दै आपत्ति प्रकट गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य इन्सेक रुकुमका प्रतिनिधि आदर्श के.सी र संचालन पत्रकार महासघ रुकुमका उपाध्यक्ष धनवीर दाहाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल बारका अध्यक्ष तथा संञ्जाल रुकुमका अध्यक्ष भुवनेश्वर शर्माले गरेका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |