आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 30, 2013

जनसरोकारका सुचनाहरु यसरी राखौं

भिमराज ओली
                                                              
जहाँ फोहर फल्न शसख्त मनाही हुन्छ,त्यहाँ फोहरको डंगुर देखिन्छ । जहाँ  धूम्रपान निषेध क्षेत्र भनिन्छ त्यहाँ वरिपरि दुर्गन्ध छरेर कानुनलाई लोपार्दै हुन्छन । यो हाम्रो राष्टिूूय पहिचानको एउटा गज्जबको पाटो हो । धुम्रपान स्वास्थका लागि हानिकारक छ भनेर जति नै भट्याए पनि धुवासगं जीवननको एक्सजेन्ज अफर कहिल्यै हटेन । मध्यपान स्वास्थ र स्वास्नी दुवैका लागी लाभदायक नभए पनि सुरा पिएर भुरा कुट्ने कार्य कतै पनि घट्ेन न दाईजो प्रथा उन्मुलन को होडिङ बोर्डले दाईजो पिडित चेलिको चित्कार मेटिएकोछ न त “बालबालिका शान्ति क्षेत्र हुन,” को पम्पलेटले उनिहरु माथिको दुरचार नै हटेको छ । रेडियोमा यस्ता सुचना हरुको बाढी आउंछ । टिभीमा यिनै सन्देशहरुको भेल उर्लन्छ । पर्चा, पम्पलेट , सुचानपार्टि    जनसरोकारका सन्देशले छपक्कै ढाकेको हुन्छ तर पनि नियमको सम्मान हुर्दैन । कर्तब्य र दायित्वको बोध रहर्दैन । किन होला त ? अब फरक विश्लेषणलाई आधार मान्ने हो भने  हामि अनुरोध लाई होईन आदेशलाई बढि मान्छौँ  । आशा देखाएर भन्दा त्रास देखाएर नकरात्मक सन्देशहरु छिटो  छरितो रुपमा दिमागमा घुस्छ । सायद यहि  कारणले हाम्रा जनसरोकारका सन्देशहरु प्रभाकारी नभएका ? ंभ्रष्टाचार गर्नु अपराध हो । तर भ्रष्टाचारीलाई प्रवेश निषेधको पोस्टरले भ्रष्टाचारीलाई कुनै अर्थ हुदैन ।  उसको बुझाईमा त्यो भ्रष्टाचार हैन भात(अचार हो । सिस्नुपानी नेपालले परिकल्पना गरेका यो अभिमान अहिले निकै लोकप्रिय भएकोछ । “भ्रष्टचारीलाई छोरी नदिआँै वा भ्रष्टभारीको मलामि नजाऔँ” जस्ता सुचनाले     भ्रष्टाचारीलाई सदचारी बन्ने प्रेरणा मिल्ला कि नमिल्ला ? साँच्चै भन्ने हो भने “धुम्रपान स्वास्थका लागि हानिकारक छ” भन्ने सुचनाको अम्मलीलाई कुनै प्रभाव पार्दैन् । उल्टै मुखभरिको जवाफ आउन सक्छ चुरोट नपिएका भए गिरजाबाबु त्यति धेरै उमेरसम्म बाँच्थे ? अथवा “धुम्रपान नगर्ने मान्छे २००  सय वर्ष बाँचेको छ र” ?  आदि ईत्यादि । माथि नै आईसक्यो हामि सुझाव भन्दा आदेशको भाषा बुझ्छाँै । त्यसैले धुम्रपान स्वास्थका लागि हानिकारक भएकोे सुझावको साटो जसले धुवा तान्छ , त्यसले धुवाँधार गालि खान्छ’ प्रभाकारी हुन सक्छ मध्यपानको प्रयोग घटाउने भन्दा बढाउने देखिन्छ । “हेरेर मर्नु भन्दा छेरेर मर्नु बेस” को सिद्धान्तबाट प्रेरित सारा प्रतिलाई ज्यानको के मतलब ? बरु उनिहरुलाई आशाबादि सन्देश सम्पे्रषण मध्यपानको कोठा घटाउन सकिन्छ । “धेरै रक्सी नपिउनुहोस फेरि पिउन नपाईएला” नयाँ(नयाँ ब्राण्ड पिउन पाउने लोभमा अत्याधिक सेवनको लत घट्नेछ । त्यहिे मौकामा अर्को सन्देशले बाँधिहाल्नु पर्दछ “मानिस ठुलो माँडले हुन्छ जाँडले हुददैन” नो पार्किङ गरे पुर्वराजा जस्तो पावर लेस भइएला भेनेर मान्छे सर्तक हुन सक्छ त्यसै गरि दाईजो प्रथा पाप हो को सट्टा दाईजो माग्नेलाई डढेको तेलमा फ्राई  गरेनेछ । प्रभाकारि हुन सक्छ । फोहोर फाल्न ससख्त मनाहि छ , को साटो फोहोर बेचेर मोहोर कमाउआँै भन्ने सन्देश निकै  प्रभाककारी हुन सक्छ । जसलाई फोहोर बाट मोहोर कमाउनुछैन, तिनिहरुका लागि “जसले फाल्छ फोहर त्यसको घरमा पस्छ चोर” झन प्रभावकारी हुनसक्छ, किनभने जाबो फोहोरका लागि दुःख गरेर कमाएको सम्पत्ति माग्न कोहि पनि तयार हुदैन । पिसाबले च्यापेर मर्न बेला भएको मासिलाई भित्तामा सु गर्ने सुँुगर हो भनेर रोक्न सकिदैन, सुँगर भएर बाँच्न ठिक हो भन्ने भावना पलाउन सक्छ । त्यसको साटो “भित्तामा करेन्ट जडान गरिकोछ , हजुर भित्तामा सु नगर्नुहोला” लेखे भने बिद्धान मानिसले आफै कुरा बुझ्छ र घर तिर कुद्छन । यसरी नै सुचनाहरु प्रकाशित गरे सुचनाहरु कार्यन्वयन हुने थिए कि ?

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |