जाजरकोट
सदरमुकाम खलंगा बजारका ब्यापारीले म्याद गुज्रेका खाद्य बस्तु विक्रिवितरण गरेको पाईएको छ । स्थानिय प्रशासनले शुक्रवार गरेको बजार अनुगमणको क्रममा पसलमा म्याद गुज्रेका उपभोग्य बस्तु पाईएका हो । खलंगा १ गैरीखाली स्थित ३ दर्जन पसलमा गरिएको अनुगमणमा चाउचाउ, विस्कुट, तेल, चक्लेट, कोक, फ्यान्टा, फुर्टी लगायतका उपभोग्य बस्तुमा म्याद नाघेको पाईएपछि बरामत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए । उनका अनुसार १५ ओटा पसल दर्ता विनानै संचालन गरिएका, धेरैजसोले मुल्यसुची नटाँसेको, मुल्यमा एकरुपता नभएको पाईएको छ । ‘त्यस्ता ब्यापारीलाई पहिलो पटक सचेत गराईएको र आईन्दा म्याद नाघेका खाद्यबस्तु विक्रि गरेको ,मुल्यसुची नटाँसेको र दर्ता नगरेको पसल पाईएमा आवश्यक कारवाही गर्ने चेतावनी दिईएको छ’ सहायक प्रजिअ शर्माल भने । उनका अनुसार एक बर्षपछि पहिलो पटक बजार अनुगमण गरिएका कारण ब्यापारीको बदमासी बढेको हो । लामो समय सम्म बजार अनुगमण नगर्दा यस्तो अवस्था आएको उपभोक्ता हित संरक्षण मंचका सचिव दिपेन्द्र शर्माले बताए । त्यस्तै एक साता देखी प्रहरीले विभिन्न होटल तथा पसलमा छापा मारी एक हजार लिटर भन्दा बढी जाँडरक्सी बरामत गरेको छ । मदिरा सेवनले हो हल्ला र झगडा हुने भएको हुदा जिल्लामा शान्ति सुरक्षा कायम गर्न भन्दै प्रहरीले मदिरा नष्ट पार्ने अभियान संचालन गरिरहेको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिहले जानकारी दिए ।
0 comments:
Post a Comment