दिप बहादुर घर्ति
जाजरकोट
आईतवार राति कोर्ताङ्ग गाविस वडानं. ४ मेशुमा एमाओवादी, बैद्य माओवादी कार्यकर्ता बिच झडप हुदा दुबै पक्षका एक–एक जना घाईते भएका छन । चुनावी प्रचार अभियान, बहिष्कार अभियानको बिषयलाई लिएर बिवाद हुदा दुई पक्ष बिच झड्प भएको हो । उक्त झडपमा घाईते हुनेमा एमाओवादी तर्फका कोर्ताङ्ग ४ मेशुका दिपक बस्नेत, बैद्य माओवादी तर्फका अर्छानी ९ तम्तिका बासुदेव शाही रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख चक्र बहादुर सिहंले बताए । घाइतेको अबस्था सामान्य रहेको छ । पार्टी केन्द्रको योजना अनुसार आफुहरुले चुनाव बहिष्कार अभियान गाउँ–गाउँमा सञ्चालन गरिरहेको बैद्य माओवादी जाजरकोटका सह–ईन्चार्ज वीर बहादुर खड्का क्षितिजले वताए । आफ्नो पार्टीको पकेटगाउँमा आएर कुनै पनि पार्टीले राजनैतिक आरोप लगाएर प्रचार प्रसार गर्न नपाईने, कसैले गरे आफु पनि लड्न तयार भएको एमाओवादी भेक राज्य समिति सदस्य चन्द्र बहादुर बस्नेत सन्दर्भले वताए । जाजरकोटमा माओवादी विभाजन पछिको दुई माओवादी बिचको झडप यो पहिलो हो ।

2:24:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment