आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, September 8, 2013

तरकारी बिउ बजारीकरणका सम्बन्धमा कार्यशाला

आहा सञ्चार
रुकुम

तरकारी बिउ बजारीकरण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी साँख ८ रुकुममा शुक्रबार सम्पन्न भएको छ । लघु उद्यम बिकास कार्यक्रमको आर्थिक सहयोग तथा जिल्ला लघु उद्यमी समुह संघ,रुकुम (डिमेगा) र रुकुमेली कृषि सहकारी संस्थाको आयोजनामा गोष्ठी संचालन गरिएको हो । कार्यक्रममा कृषकहरुले उत्पादन गर्ने तरकारी बिउ, माग, आपुर्ति, बिउ खरिद गर्ने कम्पनी संगको सम्झौता, मुल्य तथा समग्र बजारीकरणका बिषयमा स्थानिय कृषक तथा सरोकारवाला निकायबिच छलफल गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष भानु मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बिकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, उद्यम बिकास अधिकृत राजन गौतम, सिपे्रड टिम लिडर रामभक्त न्यौपाने, डिमेगा कार्यक्रम संगोजक भिम केसी, आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का लगायतको उपस्थिति रहेको थियो । यस अघि नै रुकुम लगायतका तीन जिल्लामा उत्पादन हुने विभिन्न प्रकारका तरकारी विउको मुल्य निर्धारण तथा सम्झौता समेत भईसकेको छ । स्थानिय कृषि सहकारी तथा चासो एक्सपोर्ट इम्पार्ट प्राली काठमाण्डौ बिच तरकारी बिउ खरिद बिक्रि सम्मन्धमा सम्झौता भएको हो ।जसमा मुला प्रतिकेजी २ सय, रायो प्रतिकेजी २ सय ३०, केराउ प्रतिकेजी १ सय, चम्चुर प्रतिकेजी १ सय ५०, भिण्डी प्रतिकेजी  १ सय ५, सिमी प्रतिकेजी १ सय ९० र गाजरको विउ प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तीन जिल्लाका विउ उत्पादन गर्ने  सहकारी, कृषक समुह, विउ उत्पादक, एग्रोभेट र विउ व्यवसायीहरु विचमा यो वर्ष उत्पादन हुने तरकारी विउको मुल्य निर्धारणसंगै बिउखरिद बिक्रि सम्बन्धमा सम्झौता भएको हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |