आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, September 4, 2013

वाईसीएलको अध्यक्षमा फेरि पुन

काठमाडौं,१९ भदौ - एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाईसिएलको अध्यक्षमा फेरि गणेशमान पुन निर्विरोध निर्वाचित  भएका छन् ।गएराती सम्पन्न अधिवेशनले पुनको नेतृत्वमा ३ सय ८९ केन्द्रीय कार्यसमिति चयन गरेको छ।एकीकृत माओवादीको भातृसंगठन वाईसिएले बुधबार पदाधिकारी चयन गर्ने बताएको छ । कोटेश्वरस्थित एमाओवादीको  पार्टी कार्यालमा पेरिसडाँडामा  बस्ने पहिलो केन्द्रिय समिति बैठकले पदाधिकारीको टुङगो लाउने नेता रामप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार अधिवेशनले पार्टीले हेटौंडा महाधिवेशनबाट ल्याएको युवालाई उत्पादमा लगाउने कार्यदिशालाई सहयोग गर्नेगरी कार्यनीति तयार  पारेको छ ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |