आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, September 6, 2013

बालमैत्री अवस्था बारे अध्ययन प्रतिबेदन सार्वजनिक

 रुकुम 
जिल्लाका बालमैत्री बिद्यालयहरुको अवस्था बारे एक अध्ययन प्रतिबेदन सार्वजनिक भएको छ । बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय बनाइनुपर्ने अवधारणा अनुसार जिल्लाका ३९ गाबिसमा बालमैत्री बिद्यालयको अध्ययन थालिएको थियो । बिद्यालयमा घामपानीबाट बच्ने कोठा, बस्ने बेन्च, पिउने पानी, भोक मेटाउने खाजा, दिसापिसाब गर्ने चर्पी, सके खेल्ने चउर होओस् र गुरु–गुरुआमाले पुरा समय पढाइदिउन् भन्ने चाहानका साथ बिद्यालय पठाइने बालमैत्रीको अवधारणा भएकोले सो अनसार भए नभएको बारे अध्ययन थालिएको थियो । बालसरोकार केन्द्रका अध्यक्ष शिद्धराज पनेरुका अनुसार विद्यालयमा कत्तिको बालमैत्री वातावरण छ भन्ने सम्बन्ध रुकुम जिल्ला का ४३ गा।बि।स मध्ये ३९ गाविस का एक–एक विद्यालयमा अध्ययन गरिएको हो । अध्ययन अनुसार झण्डै दुई तिहाई ६५५ बालबालिका संयुक्त परिवारमा बस्ने गरेको,७१।३५ बालबालिकाका बाबुको पेशा कृषि रहेको तथा आफ्नो घरखेतिको आम्दानी बर्षदिन भरी खान पुग्ने जम्मा ४०।७५ मात्रै छन् रहेको पाइएको छ । तीन महिना भन्दा कम खान पुग्नेहरु २६।७५ रहेका छन् भने शिक्षकले पढाएको सधैजसो बुझ्ने बालबालिका २२५ मात्रै रहेका छन् । यसै गरी पढाउने शिक्षकहरु रमाइला भएको महसुस गर्ने बालबालिका ४०।७५ छन् भने ७५।८५ बालबालिका कुरा समस्यामा परेका बेलामा धेरै जसो शिक्षकहरुले सुनिदिएको पाइएको छ । २३।३५ बालबालिकालाई शिक्षकले धेरै नै मन पराउने र ५७।३५ ले ठिकै मन पराउने गरिएको पाइएको र दुई तिहाई भन्दा बढी ७८।७५ बालबालिकाले शिक्षकको बोली स्पस्ट हुनु पर्ने र स्वर ठुलो हुनु पर्ने आवश्यकता औल्याएका थिए । दिइएको गृहकार्य धेरै भएको महसुस गर्ने २६।७५ भेटिएको र घरमा गृहकार्य गर्न समय नपाउनेहरु ३१।३५ बालबालिका रहेको अध्ययन प्रतिबेदनमा उल्लेख छ । यस्तै पाठ छिटो पढाई दिंदा सबैभन्दा बढी अंग्रेजीमा ६१।५५ लाई, गणितमा २४।६५ लाई बुझ्न गाह्रो भएको पाइएको तथा मातृभाषामा बुझाईए राम्रो हुने भन्ने बालबालिकाको संख्या ७४५ भेटिएको प्रतिबेदनमा दर्शायएको छ । कक्षा कोठामा पढ्दा ४०।३५लाई ठीकै रमाईलो लाग्ने गरेको पाइएको र १५।३५ ले भने कक्षाकोठामा बस्न कहिल्यै सजिलो नभएको बताएका थिए । प्रतिबेदनका अनुसार विद्यालयमा डेस्क बेञ्च पुग्दो नभएको ४२५ बालबालिकाले बताएका थिए भने १४।७५ ले कालोपाटीमा लेखेको अक्षर बसेको ठाँउबाट सजिलै नदेख्ने बताएका थिए । यसै गरी २८५ को विद्यालयमा भने बर्षामा पानी चुहिएर पढ्न बाधा हुने गरेको भेटिएको थियो । अधिकांश बालबालिकाको साथीसंगीसँग राम्रो सम्बन्ध भएको पाईयो र ५६।७५ ले समस्या पर्दा साथीसंगीसँग छलफल गर्ने गरेको पाइएको थियो । पढाइमा आफु धेरै सफल भएको महसुस गर्ने १९।३५ बालबालिका पाएका छन् भने ५८५ ले ठिकै रुपमा सफल भएको पाइएको प्रतिबेदनमा उल्लेख छ । यसै गरी ३३।३५ बालबालिकाले कक्षाको अनुशासनको नियम पनि निष्पक्ष नभएको बताएका थिए । आफ्नो रिजल्ट घरमा भन्न डराउने बालबालिका ३०५ पाइएको र जसमध्ये ६१।७५ ले घरमा गाली गर्ने वा सजाय पाउने डरले भन्न डराउने गरेको तथा राम्रो काम गर्दा शिक्षकबाट स्याबासी पाउने गरेको ८८५ बालबालिकाले बताएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै ५६।७५ बालबालिकाले विद्यालयमा हुने छलफलमा भाग लिने गरेको र घरमा बस्ने वातावरण १२५ बालबालिकाको एकदमै शान्त र ५१।३५ को ठिकै रहेको जानकारी दिइएको छ । विद्यालय आउनु अघि बिहान २५ बालबालिकाले कहिल्यै अघाउन्जेल खाना नपाउने तथा २१।३५ले कहिलेकांहि मात्र अघाउन्जेल खाना पाउने गरेका छन् । ३३।४५ बालकालिकालाई विद्यालय आइपुग्न एकघण्टा वा त्यो भन्दा बढि समय लाग्ने अध्ययन प्रतिबेदनमा बताइएको छ । जिल्ला शिक्षा कार्यालय रुकुम, बालसरोकर केन्द्र, सिविन, सेभ द चिल्ड्रेन लगाएत बालबालिकासँग काम गर्ने निकायहरुले गरेको अध्ययनमा यस्तो जानकारी गराइएको छ । यसै गरी अध्ययन प्रतिबेदनमा समग्रमा बालबालिकाको पारिवारिक अवस्थालाई हेर्दा करिब ६०५ बालबालिकाको घरखेतिको आम्दानीले ६ महिना भन्दा कम खान पुग्ने तथा परिवार संख्या धेरै भएका, ३७५ को घरमा पढ्ने शान्त वातावरण नभएको देखिएकाले बालबालिकाको सिक्ने प्रक्रियामा घरपरिवारको अवस्थाले प्रत्यक्ष प्रभाव पारेको निष्कर्ष निकालेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |