आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 24, 2013

२ सय ६३ जना बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण

शेरप्रसाद ढकाल
विजयश्वरी

जिल्लाकोे विजयश्वरी ८ मा रहेको निमावि लहरे सिमलमा अध्ययनरत २ सय ६३ जना बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पताल अन्तर्गत सामुदायिक स्वास्थ्य कार्यक्रम अनुसार बिद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको हो । बिद्यार्थीहरुको उचाइ तथा तौल जाँच गर्नुका साथै कान, दाँत, छाला आदिको  परीक्षण, उपचार तथा आवश्यक परामर्श समेत दिइएको बताइएको छ । परिक्षण गरिएका बिद्यार्थीहरु मध्ये १२० जनाको कान सम्वन्धी समस्या तथा १९ जनाको दाँतको समस्या देखिएको अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक पूर्ण थापाले बताए । कानमा समस्या देखिएकाहरुको ४ दिन सम्म नियमित औषधि प्रयोग पछि शुक्रबार चौरजहारी अस्पतालमानै निशुल्क रुपमा थप उपचार गरिएको बताईएको छ । अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक थापाको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीहरु तपेन्द्र राना, सुमित्रा थापा र विष्णु वुढाथोकीले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श दिएका थिए । अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रुकुमका विजयश्वरी र   कोटजहारीका साथै सल्यानको कालागाउँ र जाजरकोटको जगतीपुर गाविसमा पनि सामुदायिक स्वास्थ्यसंग सम्वन्धीत विभिन्न गतिविधिहरु संचालन गर्दै आएको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |