आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 24, 2013

राष्ट्रपति ओबामालाई श्रीमतीको डर


Barack Obama९ असोज, काठमाण्डौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले श्रीमतीको डरले चुरोट पिउन छाडेको बताएका छन् । राष्ट्रसंघको महाधिवेशनबारे एक कार्यक्रममा सहभागी भएका ओबामाले ६ बर्षयता एकपटक पनि चुरोट नपिएको बताए ।
अनौपचारिक सत्रमा एक मित्रसँग कुरा गर्दै उनी मिचेलसँग डराएर चुरोट छाडेको अभिव्यक्ति सिएनएनले खिचेको भिडियोमा देखिएको थियो । औपचारिक कार्यक्रम सकेर उठ्दा उनले कार्यत्रममा एक सहभागीलाई चुरोटबारे सोधका थिए । ती सहभागीले उनलाई प्रतिप्रश्न गरेपछि ओबामाले ६ बर्षयता चुरोट सेवन नगरेको बताएको नयाँ पत्रिकामा खबर छ । ‘६ वर्ष यता मैले चुरोट खाएको छैन,’ उनले भनेका छन्, ‘श्रीमतीको डरले मैले चुरोट छाडें ।’
स्वास्थ्य जीवनशैली अपनाउने नेताका रुपमा चिनिएका ओबामाले संस्करणको पुस्तक ‘डि्रम्ज फ्रम माई फादर’ मा आफूलाई अत्यधिक चुरोट सेवन गर्ने मानिसका रुपमा उल्लेख गरेका थिए । सो संस्करणमा उनले चुरोटको तलतलले आफूलाई ठूलो समस्या भएको लेखेका छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |