आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 17, 2013

प्रचण्ड देशकै शक्तिशाली व्यक्ति

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशकै सर्वाधिक शक्तिशाली व्यक्तिका रूपमा दरिएका छन् । अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्युयोर्कसँग सम्बद्ध अध्ययन केन्द्रले गरेको अनुसन्धानमा प्रचण्ड सर्वाधिक शक्तिशाली तथा प्रभावशाली नेपालीको सूचीमा पहिलो नम्बरमा परेका हुन् ।

गेलाल रिसर्च ग्रुप (जिआरजी)ले मिडिया कभरेज र चर्चा तथा सर्वसाधारणमा परेको प्रभावका आधारमा दश शक्तिशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो । शक्तिशाली व्यक्तिको सूचीको दोस्रो नम्बरमा पनि एकीकृत माओवादीकै नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई परेका छन् । भट्टराईको चर्चा र मिडिया कभरेज प्रचण्डपछि उच्च स्थानमा रहेकाले दोस्रो नम्बरमा परेको ग्रुपको भनाइ छ ।

देशकै कार्यकारी नेतृत्व गरिरहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी भने शक्तिशाली व्यक्तिको तेस्रो नम्बरमा परेका छन् । प्रधानन्यायाधीशसमेत रहेका रेग्मी हाल रक्षा मन्त्रालयको समेत जिम्मेवारी पाएका व्यक्ति हुन् । सन् २००३ मा सर्वाेच्च अदालतका न्यायाधीश र सन् २०१३ मा सरकारप्रमुख बनेका ६४ वर्षीय रेग्मी तेस्रो नम्बरमा परेका हुन् ।

मर्यादाक्रममा एक नम्बरमा रहेका राष्ट्रपति डा. रामवरण यादव भने प्रभावशाली व्यक्तिको सूचीमा चौथो नम्बरमा परेका छन् । कार्यकारी शक्ति नभए पनि नेपाली सेनाका परमाधिपति रहेका डा. यादव नेपाली कांग्रेसका महामन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत थिए ।

राजगद्दी गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सामाजिक गतिविधिमा सक्रिय भएर धेरै राजनीतिक व्यक्तिलाई पछि पारेका छन् । सन् २००१ देखि सात वर्ष नेपालका राजा बनेका शाहले प्रभावशाली व्यक्तिको पाँचौँ नम्बरमा छन् । ‘उनको देश दौडाहा, राजनीतिक भेटघाट र भाषणहरू मिडियाका ‘हटकेक’ बन्ने गरेका छन् भने सर्वसाधारणमा अझै पनि उनीप्रति चासो रहेको देखिन्छ,’ अध्ययनको निष्कर्ष छ ।

राजनीतिक रूपमा जिम्मेवारपूर्ण भूमिकामा रहेका कांग्रेस सभापति सुशील कोइराला छैटौँ र एमाले अध्यक्ष झलनाथ खनाल सातौँ शक्तिशाली व्यक्तिमा दरिएका छन् । गत संविधानसभा निर्वाचनमा कांग्रेस र एमाले क्रमश: दोस्रो र तेस्रो पार्टी बनेका थिए । शक्तिशाली व्यक्तिको आठौँ नम्बरमा भने मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव परेका छन् । मधेस आन्दोलनका अगुवा ५३ वर्षीय यादव यसअघि उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका थिए ।

दश शक्तिशाली व्यक्तिको अन्तिम दुईमा भने व्यापारिक करोडपतिहरू परेका छन् । रसियामा व्यापार साम्राज्य नै खडा गरेका उपेन्द्र महतो नवौँ र फोब्र्स पत्रिकाको अर्बपति सूचीमा परेका विनोद चौधरी शक्तिशाली तथा प्रभावशाली व्यक्तिको सूचीमा दशौँ स्थानमा परेका छन् । उनीहरूले केपी ओली, कमल थापा, माधव नेपाल, मोहन वैद्यलगायतका चर्चित राजनीतिक पात्रहरूलाई पछि पारेका छन् ।

सोही अध्ययन केन्द्रले सार्वजनिक गरेका नेपालका केही तथ्य
सरकारलाई सर्वाधिक राजस्व तिर्ने कम्पनीहरूनेपाल टेलिकम    ५ दशमलब ६४ बिलियन
एनसेल प्राइभेट लिमिटेड    १ दशमलब ४८ बिलियन
कृषि विकास बैंक लिमिटेड    १ दशमलब २१ बिलियन
इन्भेस्टमेन्ट बैंक    ८ सय ५० मिलियन
नबिल बैंक    ८ सय मिलियन
स्ट्यान्डर्ड चार्टर्ड बैंक    ५ सय ७० मिलियन
हिमालयन बैंक    ४ सय ८० मिलियन
सूर्य नेपाल प्रालि    ४ सय २० मिलियन
बैक अफ काठमाण्डू    ४ सय १० मिलियन
राष्ट्रिय वाणिज्य बैंक    ३ सय ८० मिलियन
दश महँगा स्कुललिंकन स्कुल, रविभवन
द ब्रिटिस स्कुल, सानेपा
काठमाडौं इन्टरनेसनल स्टडी सेन्टर, धोबीघाट
युलेन्स स्कुल, खुमलटार
मल्पी इन्टरनेसनल, पनौती
राजश्री गुरुकुल, सल्लाघारी
रातो बंगला, पाटनढोका
रुपिज इन्टरनेसनल, ताहाचल
प्रिमियर इन्टरनेसनल स्कुल, सातदोबाटो
शुभतारा स्कुल, सानेपा

बसाइका लागि उपयुक्त दश सहरपोखरा 
काठमाडौं 
बुटवल
भरतपुर
हेटौँडा
धरान
बनेपा
वीरगन्ज
विराटनगर
तानसेन, पाल्पा

दश व्यस्त राजमार्गपृथ्वी राजमार्ग
नारायणगढ–मुग्लिन 
त्रिभुवन
अरनिको
सिद्धार्थ 
महेन्द्र 
कोसी 
रत्न
मेची 
महाकाली

दश व्यस्त विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
विराटनगर विमानस्थल
पोखरा विमानस्थल
नेपालगन्ज विमानस्थल 
तेन्जिङ हिलारी विमानस्थल 
गौतम बुद्ध विमानस्थल 
सिमरा विमानस्थल
जोमसोम विमानस्थल
जनकपुर विमानस्थल
जुम्ला विमानस्थल

साभार नयाँ पत्रिका दैनिकबाट । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |