
रुकुम
प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वासको कुरा गर्ने हो भने अमेरिकीहरु समग्रमा निकै शंकालु छन् । औसतमा सयमा ५५ जना अमेरिकीले आफना प्रेमी–प्रेमिका वा लोग्ने–स्वास्नीको चियोचर्चो गर्छन् । सर्वेक्षण अनुसार न्युयोर्कवासीहरु भने केही विश्वासिला छन् । ५१ प्रतिशत न्युयोर्कवासीले आफ्नो जोडीको जासुसी नगर्ने तथा जोडीप्रति विश्वास रहेको बताए । सर्वेक्षणका क्रममा के पनि पत्ता लागेको छ भने जोडीको जासुसीको साझा शैली उसको इमेल, टेक्स म्यासेज तथा सोसल साइट अकाउन्ट चेक गर्नु हो । करिब १८ प्रतिशत मानिस आफ्नो जोडीले कसैसंग फोनमा कुरा गरिरहेका बेला कान ठाडो राख्छन् भने कति पयले फोन ट्याप समेत गर्ने गरेका छन् । ४ प्रतिशतले आफ्नो जोडीको जासुसी गर्न भाडाका मानिस नै खटाएका हुन्छन् । ७ प्रतिशतले मोबाइलको जिपिएस ट्रयाकरको सहायताले आफ्नो जोडीको जासुसी गर्छन् भने १६ प्रतिशतले आङ्खनो जोडीको क्रेडिट कार्ड स्टेटमेन्ट चेक गरेर निगरानी राख्छन् । यसरी आफ्नो जोडीको जासुसी गर्नेमा ७३ प्रतिशत महिला तथा २७ प्रतिशत पुरुष भएको अध्ययनले देखाएको छ । (एजन्सी)
0 comments:
Post a Comment