आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, September 15, 2013

रुकुमबाट सिधा भालुवाङ्ग र नेपालगंज यातायात

आहा सञ्चार
रुकुम ३० भदौ
यात्रुहरुको समस्यालाई मध्यनजर गरी रुकुमबाट अब नेपालगंज र भालुवाङ्गका लागी रात्री बस सेवा संचालन गरिने भएको छ । सम्पूर्ण यात्रुहरुले माग गरेपछि सिस्ने हिमाल बस तथा मिनि बस यातायात व्यवसायी समितिले आउंदो असोज ११ गतेबाट नियमित वस सेवा संचालन गर्न लागेको हो । आउंदो ११ गतेदेखि रुकुम सल्लेबाट भालुवाङ्ग र नेपालगंज जाने यात्रुहरु सिधै गन्तव्यमा जान सक्ने सिस्ने हिमाल वस तथा मिनि बस यातायात व्यवसायी समितिका कार्यालय प्रमुख सुधन श्रेष्ठले जानकारी दिए । यस अघि रुकुमबाट दाङ्ग र काठमाण्डौंका लागी मात्र बस सेवा संचालन हुदैं आएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |