आहा सञ्चार
रुकुम
रुकुमका संचारकर्मीहरुलाई निर्वाचन तथा संचार आचारसहिंता सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सदरमुकाम मुसिकोट खलंगामा शुरु भएको छ । होटल एसियनको हलमा संचालन भैरहेको तालिम समग्र निर्बाचन तथा संचार आचारसहिंतामा केन्द्रित रहेको छ । निर्वाचन शिक्षा तथा सुचनाको विस्तार, स्वतन्त्र र निश्पक्ष निर्वाचनको पुर्वाधार भन्ने नाराका साथ निर्वाचन आयोगले रुकुम लगायत देशभरका संचारकर्मीलाई निर्वाचन शिक्षा प्रदान गरिरहेको छ । ३० जना संचारकर्मी सहभागी भएको कार्यशालामा पत्रकार कृष्ण गौतम र धनबिर दाहालले सहजीकरण गरिरहेका छन । आगामी मंसिर ४ गते हुन गैरहेको संविधान सभा निर्वाचनलाई सफल पार्न पत्रकारको महत्वपुर्ण भुमिका रहने भएकोले तालिमले सहयोग पु¥याउने जिल्ला निर्वाचन अधिकारी गोकर्ण पन्थीले बताए । यसैबिच जाजरकोटका संचारकर्मीलाई पनि निर्वाचन शिक्षा प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको आयोजनामा आईतवार देखी भएको जिल्ला स्तरीय निर्वाचन सञ्चार कार्यशाला सोमवार सम्पन्न भएको हो । निर्वाचन शिक्षा तथा सुचनाको विस्तार, स्वतन्त्र र निश्पक्ष निर्वाचनको पुर्वाधार भन्ने नाराका साथ निर्वाचन आयोगले देशभरका संचारकर्मीलाई निर्वाचन शिक्षा प्रदान गरिरहेको छ । २५ जना संचारकर्मी सहभागी भएको कार्यशालामा संचारकर्मी राजेन्द्र कार्की र बालकुमार शर्माले सहजीकरण गरेको त्यहाबाट पत्रकार दिपबहादुर घर्तिले खबर पठाएका छन ।

0 comments:
Post a Comment