आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, September 11, 2013

जिल्लाका तिन ठाउँमा झोलुङ्गे पुल निमार्ण

आहा सञ्चार
रुकुम
जिल्लामा ३ ठाउँमा झोलुुङ्गे पुलहरुको निर्माण कार्य सम्पन भएको छ । जिल्ला विकास समितिको कार्यक्रम र डिप्रोक्स नेपालको प्राविधिक र सामाजिक परिचालन तथा ट्रेल बृज सपोर्ट यूनिट (हेल्भेटास) को टेक्नीकल सहयोगमा पुलहरु सम्पन भएका हुन । जिल्लामा निर्माण भएका उक्त पुलहरु महत गा.वि.स. वडा नं. २ र ८ विच पर्ने थवाङ खोलामा ५६.६० मिटर लामो कोर्जादोभान झोलुङगे पुल, कोल गा.वि.स. वडा नं. १ र २ विच पर्ने उत्तरगङ्गामा  ५४.६० मिटर लामो छमारी झोलुङगे पुल र जिल्लाको रुघा गा.वि.स. वडानं. १ र २ विच पर्ने कोरवाङ खोलामा ४८ मिटर लामो पेदीखेत झोलुङगे पुल निर्माण कार्य सम्पन भएका हुन । छमारी पुल निमार्णपछि उत्तरगङ्गा खोला १२ महिना तर्न नसकिने र कोल, पद्मी, विर्गुम, गोलखारा, फल्नै र गरखानीका स्थानिवासिहरु लाई सदरमुकाम खलंगा आवत जावत गर्नको साथै खेतीपाती, घाँस दाउरा ल्याउन लैजान सजिलो भएको छ । त्यसै गरी कोर्जा झो.पु. निर्माण भए पछी कोर्जाका स्थानियवासीहरुलाई विद्यालय, हेल्थपोष्ट, गा.वि.स. कार्यालय सम्म पुग्न सहज भएको छ भने पेदी खेत झो.पु. निर्माण भए पश्चात वर्षातको वेला खोला तर्न नसकिने हुदा उक्त ठाउँमा पुल निर्माण भए पश्चात त्यहाँका स्थानियवासिहरुलाई आवत जावत गर्न सहज भएको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |