आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, September 1, 2013

प्रजिअको समाचार बहिस्कार गर्न महासंघको आग्रह

मेगराज खड्का
रुकुम १६ भदौ


नेपाल पत्रकार महासंघ रुकुमले प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेको समाचार बहिस्कार गर्न जिल्ला स्थित सबै पत्रकारहरुलाई अनुरोध गरेको छ । महासंघले आईतबार एक बिगेप्ती निकालेर जिम्बेवार निकायबाट सार्बजनिक कार्यक्रममा िदएको गैरजिम्बेवार अभिब्यक्ति र क्रियाकलाप प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । शाखा अध्यक्ष कमल थापाद्धारा हस्ताक्षर गरिएको उक्त बिगेप्तीमा इन्सेकको मानब अधिकार बर्ष पुस्तक अर्धबार्षिक पुर्व समिक्षा प्रतिवेदन बाचन गरिरहेका इन्सेक रुकुमका प्रतिनिधि तथा पत्रकार आदर्श केसीको हातमा रहेको प्रतिवेदन खोसेर च्यातचुत पार्नु, आक्रमण प्रयास गर्नु, माइनुट च्यात्न खोज्नु दुब्र्यहार भएको ठानेको उल्लेख गरिएको छ । “प्रजिअको यस्तो आडम्वरपूर्ण, सामन्ती संस्कार र हुकुमी  ब्यवहारले हामी स्वतन्त्रताको परिभाषामा पर्ने पत्रकारहरु सशंकित भएका छौ ।” बिगेप्तीमा भनिएको छ ।  बिगेप्तीका अनुसार उक्त घटनाको विषयमा सर्वदलीय र सर्वपक्षीय छलफल नभए सम्म प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुन पत्रकार साथीहरुलाई हार्दिक आग्रह गरिएको छ । पत्रकारीतामा पनि आबद्ध केसीलाई दुब्र्यहार भएको भन्दै पत्रकार महासंघले बिगेप्ती निकालेको भएपनि आफ्नो कार्यक्रम तथा सहकर्मीमाथी दुब्र्यहार हुदा समेत इन्सेक कार्यालय ३ दिनसम्म कुनै प्रतिक्रिया दिएको छैन । त्यस्तै जिल्लामा रहेको गैरसरकारी संस्था महासंघले पनि यस बारेमा कुनै प्रत्रिक्रिया दिएको छैन । यसैबिच प्रजिअ पाण्डेले महासंघले निकालेको बिगेप्तीमा कुनै सत्यता नभएको बताएका छन । आहा सञ्चारलाई प्रतिक्रिया दिदै पाण्डेले जानकारी नदिई रेडक्रसको कार्यक्रममा इन्सेकको प्रतिबेदन प्रस्तुत गर्ने, त्यसमा पनि गलत जानकारीलाई राख्ने, संस्थाको कार्यक्रमका बारेमा पत्रकार महासंघले शुरुमा प्रेस बिज्ञेप्ती निकाल्ने सबै राम्रो काम नभएको बताए । “पत्रकार महासंघले निकालेको बिगेप्तीमा कुनै सत्यता छैन” प्रजिअ पाण्डेले भने, “गैरपत्रकारको कार्यक्रममा पत्रकार महासंघले बिज्ञेप्ती निकालेको प्रति म आफै आश्चर्यमा छु ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |